GOSI सम्बन्धी जानकारी

GOSI (General Organization of Social Insurance) सामाजिक सुरक्षा बीमा समम्बन्धमा वारम्वार सोधिने प्रश्नहरू GOSI  के हो ? GOSI को पूर्ण रूप General Organization of Social Insurance हो । यो सामाजिक सुरक्षा वीमा हो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा आफ्नो ड्यूटी गर्ने क्रममा दुर्घटना (work-related accident) मा परी अंगभंग भएका श्रमिक वा मृत्यवरण गर्नुभएका श्रमिकको परिवारले पाउने बीमालार्इ सामाजिक

राजदूतावासबाट प्रदान गरिने केही सेवाहरु, प्रकृया र राजश्व शुल्कका सम्बन्धमा जानकारी

राजदूतावासबाट प्रदान गरिने केही सेवाहरु, प्रकृया र राजश्व शुल्कका सम्बन्धमा जानकारी  यस राजदूतावासबाट प्रदान गरिने सेवाहरू – राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट राजदूतावासमा सम्पर्क गर्दै आउनु भएको छ । यसरी राजदूतावासमा गरिने सम्पर्कमा सेवाग्राहीबाट मूलतः निम्न विषयहरुमा जानकारी माग गर्ने गरेको पाइएको हुंदा आफ्नो कामसंग सम्बन्धित सेवाग्राहीले तल उल्लिखित कागजात

साउदी अरबमा आउने सोचाइमा रहनुभएका नेपाली कामदारहरूमा नेपाली राजदूतावास, रियादको पुनः अनुरोध ।

साउदी अरबमा आउने सोचाइमा रहनुभएका नेपाली कामदारहरूमा नेपाली राजदूतावास, रियादको पुनः अनुरोध ।  पहिलो पटक पोष्ट गरेको मिति- २०७६।६।२७ वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहांको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्बति, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधा र सेवा शुल्क, कामदार छनौट र भीसा प्रकृयामा हुने रोजगारदाताको खर्च लगायतका विषयमा जानकारी नहुदा विभिन्न समस्याहरु

साउदी श्रम सुधार कार्यक्रमसम्बन्धी जानकारीमूलक सूचना

साउदी सरकारले २०७७ चैत्र १ गते (मार्च १४, २०२१) बाट लागूहुनेगरी ल्याएको श्रम सुधार कार्यक्रम सम्बन्धी जानकारीमूलक सूचना साउदी सरकारले हिजो मार्च १४, २०२१ बाट लागूहुनेगरी ल्याएको श्रम सुधार कार्यक्रमका केही पक्षहरु साउदी अरबमा रहेका नेपाली कामदारहरुले समेत थाहापाइ राख्नुपर्ने हुंदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ  । यस कार्यक्रमले निश्चित शर्त पूरा गरी कामदारले आफ्नो रोजगारदाता (कफिल/स्पोन्सर) परिवर्तन गर्नसक्ने, छुट्टिमा घरजान र करार

FEIMS मा रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नुहुन पुनः अनुरोध ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नुहुन पुनः अनुरोध । यस राजदूतावासको मिति २३ फागुन २०७७ को सूचनाबाट भएको अनुरोधका बावजुत अझै उल्लेख्य संख्यामा इजाजतपत्रवालाहरू (म्यानपावर कम्पनी) ले रोजगारदाता कम्पनीको विवरण FEIMS मा प्रविष्ठ गरेको पाइएन । अतः रोजगारदाता कम्पनीको नाम (नामको स्पेलिङ लेख्दा रोजगारदाता कम्पनीले दिएको Power of Attorney मा उल्लेख गरेअनुसार लेख्नुहुन) र अन्य विवरण यथाशीघ्र

रोजगारदाताहरुको सूचना प्रविष्ठ गराउने सम्बन्धमा इजाजतपत्रवालाहरुलाई जरूरी सूचना ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) रोजगारदाताहरुको सूचना प्रविष्ठ गराउने सम्बन्धमा इजाजतपत्रवालाहरुलाई जरूरी सूचना । यस राजदूतावासबाट प्रमाणिकरण भएका मागपत्रहरु वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा प्रविष्ठ गराउने क्रममा मागपत्र प्रमाणिकरण भइसकेका रोजगारदाताहरुको विवरण सम्बन्धित इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) ले माथिको प्रणालीमा प्रविष्ठ गर्नुपर्नेमा उल्लेख्य संख्या (प्रमाणिकरण भएका मध्ये हिजोसम्म १७० भन्दा बढी रोजगारदाताको विवरण सम्बन्धित इजाजातपत्रवालाहरूले FEIMS मा प्रविष्ठ गरेको

राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! ………… إعلان عن إجازة عامة بالسفارة

राजदूतावास बन्द रहनेसम्बन्धी सूचना ! अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भोलि वि.सं. २०७७ साल फागुन २४ (तदनुसार ८ मार्च २०२१)गतेराजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । त्यसैगरी, महाशिवरात्रि पर्वको उपलक्ष्यमा वि.सं. २०७७ साल फागुन २७ (तदनुसार ११ मार्च २०२१) गते राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। नेपाली राजदूतावास, रियाद । २३ फागुन २०७७   إعلان عن إجازة

मागपत्र प्रमाणिकरण केही दिन स्थगित गरिएको सूचना ! إعلان بخصوص تعليق خدمة تصديق طلبات عقد العمل مؤقتاً بالسفارة

मागपत्र प्रमाणिकरणको कार्य केही दिन स्थगित गरिएको सम्बन्धी सूचना ! नेपाली राजदूतावास रियादबाट प्रमाणिकरण भइ राजश्व भुक्तानी समेत भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएको हुंदा राजदूतावासबाट भइरहेको मागपत्र प्रमाणिकरणको कार्य २ देखि १० मार्च २०२१ सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै, राजदूतावासबाट मागपत्र प्रमाणिकरण भइसकेका तर राजश्व भुक्तानी गर्न बांकी रहेका रोजगारदाता कम्पनीहरुले राजश्व

मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना (إعلان بخصوص تصديق طلب عقد العمل)

मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना ! कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य २०७७ माघ ११ (२४ जनवरी २०२१) गतेदेखि पुनः संचालनमा आएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूलाई अवगत नै छ । मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट आवेदनहरु प्राप्त भइरहेका छन् । तर एकैपटक धेरै संख्यामा आवेदनहरू प्राप्त हुन आएको हुँदा ती आवेदनलाई प्रकृयामा लगेर टुङ्ग्याउन अरू केही समय

मागपत्र प्रमाणीकरण सम्बन्धी सूचना (Notice Regarding Demand Attestation)

मागपत्र प्रमाणीकरण सम्बन्धी सूचना ! कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य २०७७ माघ ११ (जनवरी २४, २०२१) गतेदेखि पुनः संचालन हुने व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ । राजदूतावासले यस अघि मिति २०७६ फागुन ४ मा प्रकाशन गरेको सूचना बमोजिम मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट मात्र हुने व्यहोरा समेत जानकारी गराइन्छ । मागपत्र