GOSI सम्बन्धी जानकारी

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा आफ्नो ड्यूटी गर्ने क्रममा दुर्घटना (work-related accident) मा परी मृत्यवरण गर्नुभएका नेपाली कामदारको सामाजिक सुरक्षा बीमा (social insurance) वापत मृतकको परिवारले पाउने बीमा रकम दावी गर्दा भर्नुपर्ने गोसी (General Organization for Social Insurance- GOSI) फारामको साथमा अनिवार्य संलग्न राख्नुपर्ने कागजातको सूचि

मृतकको पत्नी वा पतिको विवरण (Data concerning widows section) अन्तर्गत चाहिने कागजात

  • श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र
  • गर्भवती भएमा हस्पिटलको कागज
  • श्रीमतीको मृत्यु भैसकेको भए-  मृत्यु दर्ता प्रमाणपत्र
  • पारपाचुके भएको वा छोडेर गएको भए- सोको प्रमाण (सम्बन्ध विच्छेदको कागज वा छोडेर गएको भए सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको कागज)

नोटः मृतक महिला भएमा- माथि उल्लेख गरेबमोजिम निजको पतिको विवरण र आवश्यक कागजात

मृतकको छोरा तथा दाजुभाईको विवरण (Data concerning sons and brothers )अन्तर्गत चाहिने कागजात

  • छोरा(हरु)को जन्म दर्ता
  • नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
  • अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
  • रोजगार भए खाइपाइ रहेको तलब खुल्ने सम्बन्धित कार्यालयको पत्र

नोट: मृतक अविवाहित भएमा- दाजुभाईको जन्म दर्ता र नागरिकता ।

२६ वर्ष भन्दाबढी उमेरका छोरा तथा दाजुभाईले कुनै रकम नपाउने । छोरा वा दाजुभाई २१ वर्षदेखि २६ वर्षबीचको उमेरको भएमा उनीहरु पढ्दै गरेको भएमात्र रकम पाइने त्यसका लागि अध्ययनरत रहेको प्रमाण पेश गर्नुपर्ने, अन्यथा रकम नपाइने ।

 मृतकको छोरी तथा दिदीबहिनीको (Data concerning daughters and sisters) अन्तर्गत चाहिने कागजात

  • छोरी(हरू)को जन्म दर्ता
  • नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
  • अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
  • रोजगार भए मासिक तलब खुल्ने सम्बन्धित संस्था/कार्यालयको कागज

नोटः मृतक अविवाहित भएमा- दिदीबहिनीको जन्म दर्ता र नागरिकता ।

अविवाहित छोरी वा दिदीबहिनीले मात्र रकम पाउने ।

मृतकको बुबाआमाको विवरण (Data concerning parents) अन्तर्गत चाहिने कागजात

  • मृतकको बुबा आमाको नागरिकता
  • मृत्यु भैसकेको भए मृत्यु दर्ता प्रमाणपत्र
  • बुबा ६० वर्ष भन्दा कम उमेरको र काम गर्न सक्ने अवस्थाको नभएमा अपाङ्/अशक्त पुष्टि हुने हस्पिटलको प्रमाणित कागज अनिवार्य चाहिने, वडा कार्यालयको सिफारिशले नहुने ।

अन्य आवश्यक कागजातहरू

  • नाताप्रमाणित (फाराममा उल्लेख भएका सम्पूर्ण हकवालाहरूको  फोटो नाताप्रमाणित कागजमा हुनुपर्ने)
  • हकवाला प्रमाणित
  • मृतकको मृत्यु दर्ता प्रमाणपत्र
  • मृतकको नागरिकता
  • दुई जना साक्षीहरूको नागरिकता

महत्वपूर्ण नोटः

  • GOSI फाराममा विवरण भर्दा सफा र स्पष्ट अक्षरमा भर्नुपर्ने छ ।
  • GOSI ले  जनवरी २०२२ देखि सामाजिक सुरक्षा बीमा वापतको पैसा सम्बन्धित हकवाला/ परिवारको बैंक खातामा सोझै ट्रान्फर गर्ने व्यवस्था शुरु गरिसकेको हुँदा हकवालाको बैंक खातासम्बन्धि विवरण भर्दा सफा र स्पष्ट अक्षरमा भर्नुहोला । ।
  • हकवालाहरुको फोन नं. पनि अनिवार्यरुपमा लेख्नुपर्ने छ
  • अंग्रेजी भाषामै जारी गरिएका कागजात बाहेक अन्य सम्पूर्णकागजातहरु नोटरीबाट अंग्रेजीमा अनुवाद गरेको हुनु पर्नेछ । मृतकको सामाजिक सुरक्षा वापतको बीमा रकमका लागि साउदी अरबको GOSI अफिसमा कागजात पेस गर्ने प्रयोजनका लागि GOSI फाराम र सोसाथ संलग्न राख्नुपर्ने कागजातहरू पठाउनु अघि माथि उल्लेख गरेबमोजिमका कागजात भए नभएको राम्ररी रूजु गरेर मात्र पठाउनु हुन अनुरोध छ ।

GOSI फारामको लागि यहाँ Click गर्नुहोला ।

Beneficiary Bank Account Details को लागि यहाँ Click गर्नुहोला ।