साउदी सरकारले स्थगनमा गरेका विभिन्न सेवाहरु अनिश्चित अवधिसम्मका लागि स्थगनमानै राख्ने निर्णय गरेको सम्बन्धी जानकारी र कोरोना संक्रमणको आजसम्मको विवरण ।

१. आज मिति २०७६।१२।१६ (मार्च २९, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२९९ पुगेको छ । आज थप ९६ जनामा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज २७ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ६६ जना निको हुनुभएको छ र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त