साउदी सरकारले स्थगनमा गरेका विभिन्न सेवाहरु अनिश्चित अवधिसम्मका लागि स्थगनमानै राख्ने निर्णय गरेको सम्बन्धी जानकारी र कोरोना संक्रमणको आजसम्मको विवरण ।


१. आज मिति २०७६।१२।१६ (मार्च २९, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२९९ पुगेको छ । आज थप ९६ जनामा संक्रमण भएको छ । राजधानी रियादमा मात्र आज २७ जनामा संक्रमण भएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म ६६ जना निको हुनुभएको छ र ८ जनाको संक्रमणबाट निधन भएको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरु सुरक्षित हुनहुन्छ ।

२. कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले साउदी सरकारले दुई हफ्ता अगाडि देखि स्थगन गरेका विभिन्न सेवाहरु पुनः अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगन मै राख्ने निर्णय गरेको यहांको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

– सरकारले तोके बाहेकका सबै सरकारी कार्यालयहरु

– निजीक्षेत्रका कार्यालयहरु

– साउदी अरब आउने सम्पूर्ण यात्रुबाहक अन्तराष्ट्रिय हवाइसेवाहरु

– सम्पूर्ण आन्तरिक हवाइ यात्रु उडानसेवा, बस, रेल तथा ट्याक्सी सेवा

३. यसका अतिरिक्त साउदी सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लागूगरेको कर्फ्यू, केही क्षेत्रहरुको लकडाउन तथा आवागमन नियन्त्रण लगायतका सबै निर्देशन, प्रावधान तथा गाइडलाइनहरु यथावत कार्यन्वयनमा रहेको समेत अनुरोध छ ।

४. साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापर्वाही नगरी अनिवार्यरुपमा पालना गरौं ।

नेपाली राजदूतावास

रियाद ।

२०७६।१२।१६