वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा आफ्नो ड्यूटी गर्ने क्रममा दुर्घटना (work-related accident) मा परी मृत्यवरण गर्नुभएका नेपाली कामदारको सामाजिक सुरक्षा बीमा (social insurance) वापत मृतकको परिवारले पाउने बीमा रकम दावी गर्दा भर्नुपर्ने गोसी फाराम (General Organization for Social Insurance- GOSI form) को साथमा अनिवार्य संलग्न राख्नुपर्ने कागजातको सूचि
मृतकको पत्नी वा पतिको विवरण (Data concerning widows section) अन्तर्गत चाहिने कागजात
- श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र
- गर्भवती भएमा हस्पिटलको कागज
- श्रीमतीको मृत्यु भएको भए- मृत्यु दर्ता प्रमाणपत्र
- पारपाचुके भएको वा छोडेर गएको भए- सोको प्रमाण (सम्बन्ध विच्छेदको कागज वा छोडेर गएको भए सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको कागज)
नोटः मृतक महिला भएमा- माथि उल्लेख गरेबमोजिम निजको पतिको विवरण र आवश्यक कागजात
मृतकको छोरा तथा दाजुभाईको विवरण (Data concerning sons and brothers )अन्तर्गत चाहिने कागजात
- छोरा(हरु)को जन्म दर्ता
- नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
- अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
- स्कूल पढ्ने भए विद्यालयको प्रमाणपत्र
- रोजगार भए खाइपाइ रहेको तलब खुल्ने सम्बन्धित कार्यालयको पत्र
नोट: मृतक अविवाहित भएमा- दाजुभाईको जन्म दर्ता र नागरिकता
मृतकको छोरी तथा दिदीबहिनीको (Data concerning daughters and sisters) अन्तर्गत चाहिने कागजात
- छोरी(हरू)को जन्म दर्ता
- नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
- अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
- स्कूल पढ्ने भए विद्यालयको प्रमाणपत्र
- विवाहित हो भने विवाह दर्ता प्रमाणपत्र
- रोजगार भए मासिक तलब खुल्ने सम्बन्धित संस्था/कार्यालयको कागज
नोटः मृतक अविवाहित भएमा- दिदीबहिनीको जन्म दर्ता र नागरिकता
मृतकको बुबाआमाको विवरण (Data concerning parents) अन्तर्गत चाहिने कागजात
- मृतकको बुबा आमाको नागरिकता
- मृत्यु भैसकेको भए मृत्यु दर्ता प्रमाणपत्र
- बुबा ६० वर्ष भन्दा कम उमेरको र काम गर्न सक्ने अवस्थाको नभएमा अपाङ्/अशक्त पुष्टि हुने हस्पिटलको कागज
अन्य आवश्यक कागजातहरू
- नाताप्रमाणित (फाराममा उल्लेख भएका सम्पूर्ण हकवालाहरूको फोटो नाताप्रमाणित कागजमा हुनुपर्ने)
- हकवाला प्रमाणित
- मृतकको मृत्यु दर्ता प्रमाणपत्र
- मृतकको नागरिकता
- GOSI Form मा उल्लेख गरिएका प्रत्येक जीवित हकवालाहरूको नाममा खोलिएको बैंकखाताको विवरण Transfer of receivables to beneficiaries abroad form भर्नुपर्ने र सम्बन्धित बैंकले प्रमाणित गरेको हुनुपर्ने
- दुई जना साक्षीहरूको नागरिकता
महत्वपूर्ण नोटः
- GOSI फाराम र बैंकखाताको विवरण भर्दा सफा र स्पष्ट अक्षरमा भर्नुपर्ने छ ।
- GOSI बाट बीमा वापतको पैसा चेकमार्फत् सोझै परिवारको ठेगानामा जाने हुँदा आफ्नो ठेगाना स्पष्टरुपमा बुझिने गरी लेख्नुपर्ने छ । यसअघि GOSI ले पठाएका चेकहरू सम्बन्धित परिवारको ठेगाना फेला नपरेर फिर्ता आएका छन् ।
- अंग्रेजी भाषामै जारी गरिएका कागजात बाहेक अन्य सम्पूर्ण कागजातहरु नोटरीबाट अंग्रेजीमा अनुवाद गरेको हुनु पर्नेछ । मृतकको सामाजिक सुरक्षा वापतको बीमा रकमका लागि साउदी अरबको GOSI अफिसमा कागजात पेस गर्ने प्रयोजनका लागि GOSI फाराम र सोसाथ संलग्न राख्नुपर्ने कागजातहरू पठाउनु अघि माथि उल्लेख गरेबमोजिमका कागजात भए नभएको राम्ररी रूजु गरेर मात्र पठाउनु हुन अनुरोध छ ।