राजदूतावासबाट प्रदान गरिने केही सेवाहरु, प्रकृया र राजश्व शुल्कका सम्बन्धमा जानकारी

राजदूतावासबाट प्रदान गरिने केही सेवाहरु, प्रकृया र राजश्व शुल्कका सम्बन्धमा जानकारी

 यस राजदूतावासबाट प्रदान गरिने सेवाहरू – राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट राजदूतावासमा सम्पर्क गर्दै आउनु भएको छ । यसरी राजदूतावासमा गरिने सम्पर्कमा सेवाग्राहीबाट मूलतः निम्न विषयहरुमा जानकारी माग गर्ने गरेको पाइएको हुंदा आफ्नो कामसंग सम्बन्धित सेवाग्राहीले तल उल्लिखित कागजात र अन्य विवरण लिई राजदूतावासमा आउनुहुन अनुरोध छ । राजदूतावासका यी सेवाहरु सेवाग्राहीलाई सोही दिन प्रदान गरिने छ  ।

 साधारण राहदानी नवीकरण/पाना सिद्धिएको लागि

  • सक्कल राहदानी,
  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी,
  • नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
  • पाना सिद्बिएकाहरुको हकमा बाहेक हाल कायम राहदानीको म्याद 6 महिनाभन्दा कम भएको हुनुपर्ने,
  • राहदानी आवेदनका लागि व्यक्ति स्वयम् राजदूतावासमा उपस्थित हुनुपर्ने,
  • राजश्व दस्तूरः साउदी रियाल 200 ।-

राहदानी हराएको/च्यातिएको/बिग्रेको भएमा

  • नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
  • पुरानो राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी,
  • पुलिस रिपोर्ट र रोजगारदाता (कफिल)को सिफारिसपत्र,
  • व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने,
  • राजश्व दस्तूरः साउदी रियाल 400 ।-

साउदी अरबमा जन्मिएका नेपाली वच्चाको लागि राहदानी

  • वच्चाको बाबुआमा दुवैको नेपाली राहदानी, नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र नेपालमा विवाह दर्ता/नाता प्रमाणित गरेको प्रमाण पत्रको फोटोकपी,
  • वच्चाका लागि साउदी अस्पतालबाट जारी Birth Notification Letter, साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित वच्चाको जन्म दर्ताको सक्कल प्रमाण पत्र र यसको फोटोकपी,
  • राहदानी प्रयोजनार्थ वच्चालाई लिएर अभिभावक स्वयम् उपस्थित हुनुपर्ने,
  • राजश्व दस्तूरः साउदी रियाल 100 ।-

नेपाली सवारी चालक अनुमती पत्र (लाइसेन्स)अनुवादको लागि

  • नेपालको यातायात व्यवस्था विभागको Online License Verification को प्रिन्ट
  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी
  • नेपाली लाइसेन्सको सक्कल
  • साउदी अकामाको फोटोकपि
  • चालक वा सवारी साधनको इन्सुरेन्सको कपि रोजगारदाता कम्पनीको पत्र

साउदी अरबमा परिवार ल्याउनु परेमा

  • नेपाली नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
  • नेपालमा विवाह दर्ता/नाता प्रमाणित प्रमाण पत्रको फोटोकपी,
  • निवेदकको ईकामा र साउदी सरकारद्वारा निवेदकको परिवारलाई उपलब्ध भिषा स्वीकृतिको फोटोकपी,
  • राहदानीमा नेपालस्थित साउदी राजदूतावासद्वारा जारी भिषा स्टिकरको फोटोकपी,
  • राजश्व दस्तूरः साउदी रियाल १५० ।-

साउदी परिचय पत्र (इकामा) नभएका वा नबनाइएकाहरुको वहिर्गमन भिषा (Exit visa)  का लागि

  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
  • साउदी सरकारले जारी गरी म्याद सकिएको ईकामा वा इकामा नबनेकाको हकमा border number को फोटोकपी,
  • व्यक्तिगत मोबाइल नम्बर,
  • इकामाको म्याद सकिएको तीन महिना भए पछिमात्र राजदूतावासबाट प्रकृया चालिने Exit process का लागि माथिका कागजात पेश गर्नुपर्नेछ । नयां इकामा बनाउनु पर्नेहरूका हकमा साउदी अरब आएको तीन महिना बितिसक्दा पनि कम्पनीले इकामा नबनाएमा माथिका कागजातका अतिरिक्त सम्बन्धित रोजगारदाता कम्पनी र आफूलाई पठाउने नेपालको इजाजतपत्रवाला कम्पनीको पूर्ण विवरण समेत लिखितरूपमा पेश गर्नुपर्नेछ,
  • माथिका विवरणहरू प्राप्त भएपछि राजदूतावासले Exit visa का लागि साउदी सरकारको सम्बन्धित निकायमा पेश गर्नेछ । पेश भएका कागजातमा Exit visa दिने नदिने पूर्ण अधिकार उक्त निकायको हुने,
  • माथिको प्रकृयाबाट लगाइने Exit visa पूर्ण निशुल्क हुनेछ ।
  • Exit visa का लागि आवेदन दिनेसंग राहदानी नभएमा राजदूतावासले एकतर्फि  यात्रा अनुमतिपत्र (Travel Document) जारी गर्नेछ,
  • यात्रा अनुमतिपत्रको राजश्व दस्तुरः साउदी रियाल १५०।-

श्रम सम्बन्धी गुनासोका लागि

  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
  • साउदी ईकामा वा border number को फोटोकपी,
  • व्यक्तिगत मोबाइल नम्बर,
  • कम्पनीकोR Manager वा कफिलको सम्पर्क नम्बरसहित कम्पनी र नेपालको म्यानपावरको विवरण,
  • कम्पनीसंगको आफ्नो समस्यालाई टेलिफोनबाट मात्र नभइ विस्तृतरूपमा लेखेर मात्र राजदूतावासको इमेल (nepalembassyriyadh@gmail.com) वा ह्वाट्सएप ( 0500021409) बाट पठाउनु पर्नेछ ।

साउदी  अरबको पुलिस रिपोर्ट  (Police Clearance)को लागि

  • साउदी अरबमा कार्यरत रहँदा वा रोजगारीको अवधि समाप्त गरी Exit गएका व्यक्तिको राहदानीको फोटो भएको पृष्ठको फोटोकपी,
  • साउदी अरबमा कार्यरत रहदाको ईकामा वा border number भएको राहदानीको फोटोकपी,
  • साउदी अरबमा काम गरेर स्वदेश फर्केका वा साउदीबाट वहिर्गमन भइसकेकाकहरुले साउदी अरबमा रहेको आफ्नो व्यक्तिलाई प्रतिनिधि तोकेर Power of Attorney दिनुपर्नेछ । राजदूतावासले यसरी Power of Attorney दिइएका व्यक्तिको नाम समावेश गरी यहांको सम्बन्धित निकायलाई पत्र लेख्ने छ । उक्त पत्रलाई साउदी विदेश मन्त्रालयको कन्सुरलर कार्यालयबाट प्रमाणिकरण गरेर च्याम्वर गरी सम्बन्धित प्रहरी कार्यालय (Police Station) मा पेश गर्नुपर्नेछ । Police Station ले Police Clearance जारी गर्नेछPolice Clearance नेपाली राजदूतावासले जारी गर्ने कागजात होइन ।
  • राजश्व दस्तुरः साउदी रियाल १९०।

निजी कामदारका रूपमा कार्यरतले पुनः साउदी अरब फर्कने  (worker re-entry)  कागजातको लागि

  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
  • कामदार र रोजगारदाता (कफिल) दुवैको साउदी ईकामाको फोटोकपी,
  • कामदार र रोजगारदाताले हस्ताक्षर गरेको रोजगार सम्झौता पत्र (Employment Contract),
  • राजश्व दस्तूरः साउदी रियाल १५० ।-
  • कम्पनीमा कार्यरत व्यक्तिहरु re-entry वा vacation मा जांदा राजदूतावासबाट यो कागजात लिनु नपर्ने ।

राहदानी र साउदी ईकामामा विवरण फरक परेमा राजदूतावासले दिने सिफारीशका लागि

  • साउदी अध्यागमन (जवाजात)मा विवरण सच्याउन राजदूतावासबाट Arabic वा English मा सिफारीश पत्र जारी गरिन्छ ।
  • पुरानो राहदानी र नागरिकताको फोटोकपी,
  • ईकामाको फोटोकपी,
  • राजश्व दस्तूरः साउदी रियाल ४० ।-

अधिकृत वारेशनामा/बैक ग्यारेण्टी/मञ्जुरीनामाका लागि

  • अधिकृत वारेशनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी,
  • अधिकृत वारेशनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी,
  • सक्कल राहदानी,
  • इकामाको फोटोकपी,
  • अधिकृत वारेशनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो,
  • जग्गा बिक्री गर्ने अधिकृत वारेशनामाका लागि सक्कल जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा),
  • सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेशनामाका लागि बिवाह दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी,
  • अन्य सम्पत्ति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेशनामाका लागि उक्त सम्पत्तिको स्वामित्वको सक्कल प्रमाणपत्र,
  • राजश्व दस्तुरः अधिकृत वारेशनामाको लागि सा. रि. ३७५,

बैंक ग्यारेण्टीको सा. रि. १९०,

मञ्जुरीनामाको लागि सा. रि. १५०।-

  • अधिकृत बारेशनामा बनाउनका लागि माथिका कागजात सहित अधिकृत वारेशनामा दिने व्यक्ति स्वयं राजदूतावासमा अनिवार्य उपस्थित हुनुपर्नेछ,
  • अधिकृत बारेशनामाको कागजात राजदूतबाट मात्र प्रमाणित हुने भएकाले राजदूतावासमा टेलिफोन गरी आफु आउने दिन निश्चित गरेर मात्र आउनु पर्नेछ ।

  साउदी शैक्षिक संस्थाका कागजातहरू प्रमाणिकरण गर्न

  • नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
  • राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी,
  • सक्कल राहदानी,
  • साउदी परिचय पत्र (इकामा)को फोटोकपी,
  • सम्बन्धित कागजात साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित हुनुपर्ने,
  • राजश्व दस्तूरः साउदी रियाल १५० ।- (प्रति कागजात) ।

नेपालको विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate) लाई राजदूतावासबाट अनुवाद गर्न

  • स्थानिय पञ्जिकाधिकारीबाट जारी भई स्थानिय तहको कार्यकारी अधिकृतबाट प्रमाणित विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate),
  • श्रीमान/श्रीमती दुवैको नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
  • श्रीमान/श्रीमती दुवैको साउदी परिचय पत्र (ईकामा) र राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी,
  • राजश्व दस्तूरः साउदी रियाल १५० ।-