रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नेसम्बन्धी अति जरूरी सूचना

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नेसम्बन्धी अति जरूरी सूचना ।

 

यसअघि राजदूतावासबाट २३ फागुन र २ चैत्रमा प्रकाशित सूचनाद्वारा सम्बन्धित इजाजतपत्रवालाहरूलाई साउदी रोजगारदाताको विवरण FEIMS मा त्रुटिरहित ढंगले प्रविष्ठ गर्न अनुरोध गरिएकै छ ।

मार्च १०,२०२१ सम्म प्रमाणीकरण भएका मागपत्रहरूको राजदूतावासले प्रविष्ठ गर्नुपर्ने विवरण FEIMS मा प्रविष्ठ गरी सकेको भएता पनि प्रमाणीकरण भैसकेका मध्ये करिब २०० जति मागपत्रसँग सम्बन्धित रोजगारदाताको विवरण नेपाली म्यानपवार एजेन्सीले अझैसम्म पनि FEIMS मा प्रविष्ठ गरेको नपाइएकोले १० मार्चसम्म प्रमाणीकरण भएका तर हालसम्म पनि FEIMS मा प्रविष्ठ नभएका मागपत्रहरू सम्बन्धित इजाजतपत्रवालाहरूले ३ दिनभित्र (मार्च २० सम्म) प्रविष्ठ गरी सोको जानकारी देहायको ढाँचामा यस दूतावासको इमेल ठेगानाः demandriyadh@gmail.com मा पठाउनु हुन पुनः अनुरोध गरिन्छ । त्यसैगरी,  रोजगारदाता कम्पनीको विवरण प्रविष्ठ गर्दा अनिवार्यरुपमा Power of Attorney मा उल्लेख भएअनुसारको रोजगारदाता कम्पनीको नाम प्रविष्ठ गर्नुहुन अनुरोध छ । त्यसैगरी, कुनै कारणवश FEIMS मा गलत विवरण प्रविष्ठ हुन गएको भएमा उक्त मागपत्र शुरूमा वैदेशिक रोजगार विभागबाट अस्वीकृत गराइसकेपछि सच्चाउनु पर्ने विषय खुलाएर माथिकै इमेल ठेगानामा लेखी पठाउनु हुन समेत अनुरोध छ । माथि दिएको इमेल ठेगाना भन्दा बाहेक अरु इमेल वा WhatsApp वा Messenger वा म्यासेज वा फोनमार्फत प्राप्त हुने अनुरोध उपर कुनै कारवाही नगरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

S.N. Employer Company Name (अनिवार्यरुपमा power of attorney मा उल्लेख भएबमोजिम FEIMS मा प्रविष्ठ भएको हुनुपर्ने, प्रविष्ठ गरिसकेकाहरूले पनि पुनः एक पटक POA मा उल्लेख भए/नभएको यकिन गर्नुहुन)

 

Demand attestation No. Demand Attested date
       
       

 

नेपाली राजदूतावास,रियाद ।
२०७७।१२।४