मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरिएकोसम्बन्धी सूचना ! إعلان بخصوص تعليق خدمة تصديق طلبات عقد العمل مؤقتاً بالسفارة

मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरिएकोसम्बन्धी सूचना !

यस राजदूतावासबाट प्रमाणीकरण भई सकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएको हुंदा राजदूतावासबाट भइरहेको मागपत्र प्रमाणीकरण कार्य आगामी २८ मार्च देखि २ अप्रिल २०२१ सम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । साथै, राजदूतावासको मागपत्र अनलाइन प्रणालीमा स्वीकृत भैसकेका तर प्रमाणीकरण हुन बाँकी रहेका मागपत्रहरू यथाशीघ्र दूतावासबाट प्रमाणीकरण गरी लैजानु हुन समेत सम्बन्धित रोजगारदाता कम्पनीहरुमा अनुरोध छ ।

त्यसैगरी, दूतावासले यसअघि मार्च १७ मा प्रकाशित गरेको सूचनाबाट अनुरोध भएबमोजिम १० मार्चसम्म प्रमाणीकरण भएका तर FEIMS मा अनलाइन नदेखिएका मागपत्रको विवरण तल दिइएको ढाँचामा राजदूतावासको इमेल ठेगानाः demandriyadh@gmail.comमा पठाउन बाँकी रहेकाहरूले सो कार्य तुरून्तै गर्नुहुन पुनः अनुरोध गरिन्छ । तर, यसअघि विवरण पठाइसकेको भए पुनः नपठाउनु हुन समेत अनुरोध गरिन्छ ।

S.N. Employer Company Name (अनिवार्यरुपमा power of attorney मा उल्लेख भएबमोजिम FEIMS मा प्रविष्ठ भएको हुनुपर्ने, प्रविष्ठ गरिसकेकाहरूले पनि पुनः एक पटक POA मा उल्लेख भए/नभएको यकिन गर्नुहुन)

 

Demand attestation No. Demand Attested date

إعلان بخصوص تعليق خدمة تصديق طلبات عقد العمل مؤقتاً بالسفارة
تفيد سفارة نيبال بالرياض بتعليق خدمة تصديق طلبات عقد العمل بالسفارة من  28مارس إلى 02 أبريل 2021م وذلك لغرض تحميل طلبات عقد العمل المصدقة من قبل السفارة على بوابة إدارة معلومات التوظيف الأجنبي بوزارة العمل النيبالية (النظام الإلكتروني)، كما تبلغ السفارة أصحاب العمل الذين تمت الموافقة على طلباتهم للتصديق من السفارة ولم يقوموا بسداد الرسوم حتى اليوم عليهم مراجعة السفارة لسداد الرسوم وتختيم الأوراق.

नेपाली राजदुतावास, रियाद
२५ मार्च २०२१