FEIMS मा रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नुहुन पुनः अनुरोध ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) रोजगारदाताहरुको विवरण प्रविष्ठ गर्नुहुन पुनः अनुरोध ।

यस राजदूतावासको मिति २३ फागुन २०७७ को सूचनाबाट भएको अनुरोधका बावजुत अझै उल्लेख्य संख्यामा इजाजतपत्रवालाहरू (म्यानपावर कम्पनी) ले रोजगारदाता कम्पनीको विवरण FEIMS मा प्रविष्ठ गरेको पाइएन । अतः रोजगारदाता कम्पनीको नाम (नामको स्पेलिङ लेख्दा रोजगारदाता कम्पनीले दिएको Power of Attorney मा उल्लेख गरेअनुसार लेख्नुहुन) र अन्य विवरण यथाशीघ्र FEIMS मा प्रविष्ठ गरी सोको जानकारी (राजदूतावासले प्रमाणीकरण गरेको मागपत्रको प्रमाणीकरण नम्बर सहित) राजदूतावासको इमेल ठेगानाः demandriyadh@gmail.com मा पठाउनु हुन पुनः अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास,रियाद ।
२०७७।१२।२