रोजगारदाताहरुको सूचना प्रविष्ठ गराउने सम्बन्धमा इजाजतपत्रवालाहरुलाई जरूरी सूचना ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) रोजगारदाताहरुको सूचना प्रविष्ठ गराउने सम्बन्धमा इजाजतपत्रवालाहरुलाई जरूरी सूचना ।

यस राजदूतावासबाट प्रमाणिकरण भएका मागपत्रहरु वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा प्रविष्ठ गराउने क्रममा मागपत्र प्रमाणिकरण भइसकेका रोजगारदाताहरुको विवरण सम्बन्धित इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) ले माथिको प्रणालीमा प्रविष्ठ गर्नुपर्नेमा उल्लेख्य संख्या (प्रमाणिकरण भएका मध्ये हिजोसम्म १७० भन्दा बढी रोजगारदाताको विवरण सम्बन्धित इजाजातपत्रवालाहरूले FEIMS मा प्रविष्ठ गरेको नदेखिएको र यो संख्या बढ्दै गइरहेको ) मा रोजगारदाताहरुको विवरण प्रविष्ठ गरेको नपाइएको हुंदा आफूले कामदार पठाउने रोजगारदाताको विवरण उक्त प्रणालीमा अविलम्व प्रविष्ठ गरिदिनुहुन सम्बन्धित इजाजतपत्रवालाहरूलाई  सूचित गरिन्छ । साथै, रोजगारदाताको विवरण प्रविष्ठ नगरिएका मागपत्रहरू अनलाइन नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

नेपाली राजदूतावास,रियाद ।
२०७७।११।२३