वैदेशिक रोजगारीमा साउदी अरब आउने सोचमा रहेका नेपालीहरूलाई अनुरोध
पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलव नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले दुख पाएको भन्ने गुनासाहरू आइरहेका छन । आफ्नै चिनजानका मानिस एजेन्ट बनेर ठगी गरेका घटनाहरू पनि प्रशस्तै देखिएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैरकानूनी मानेको छ । तसर्थ, ‘एजेण्ट’