रोजगारदाता कम्पनीको मागपत्र स्वीकार गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने विषयहरू

यस राजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ थप व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्यनमा लैजाने उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा विदितै छ ।

अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजदूतावासबाट रोगजारदाता कम्पनीले पेश गरेका ११००० भन्दा बढि मागपत्र (एक लाख वीसहजार नेपाली कामदारको लागि) प्रमाणीकरण भर्इसकेको छ ।  यसै क्रममा नेपालका ५३४ वटा इजाजतपत्रवाला कम्पनीहरूसँग सहकार्य भएको छ । योसँगै साउदी अरवमा रहने नेपालीको संख्या चारलाख भन्दा बढि हुने अनुमान छ ।

यसरी उल्लेखित प्रमाणित मागपत्रबाट साउदी अरव आएका खासगरी नयाँ कामदारहरूले रोजगार करारपत्रमा उल्लेख भए अनुसारको तलव भत्ता लगायतका सेवा सुविधा नपाएकोले सो उपलब्ध गराइपाँउ वा उद्वार गरी नेपाल फर्काउन सहयोग गरी पाँउ भनी लिखित/मौखिक तथा दूतावासमा स्वंय नै उपस्थित भएर अनुरोध गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । जस्ले गर्दा एकातर्फ नेपाली दाजुभार्इले दुःख पाइरहनु भएको छ भने अर्कोतर्फ दूतावासको कार्यबोध अत्यन्त बढेको छ ।

अत: अव उप्रान्त कुनै रोजगारदाता कम्पनीको मागपत्रको प्रमाणिकरण प्रक्रिया उक्त कम्पनीमा कार्यरत नेपाली कामदारले नेपाल सरकारले सम्बन्धित पदको लागि तोकेको तलव सुवीधा लगायत रोजगार करारमा उल्लेख गरे अनुसारको सेवा सुवीधा प्राप्त गरे/नगरेको एकिन गरेर मात्र अगाडि बढाइ ने हुँदा यहाँको इजाजतपत्रवाता कम्पनीले कुनै रोजगारदाता कम्पनीको मागपत्र स्वीकार गर्दा निम्न लिखित कुराहरू एकिन गरेर मात्र मागपत्र स्वीकार गर्नुहुन अनुरोध छ ।

  • मागपत्र पेश गर्ने कम्पनीमा यस अगाडि नेपाली कामदार कार्यरत भए /नभएको एकिन गर्ने र कार्यरत भएको भएमा निजहरूले सम्बन्धित Job category को लागि नेपाल सरकार (म.प.) मिति २०७५/०६/१९ को निर्णय बमोजिमको न्यूनतम तलव र अन्य सुविधा प्राप्त गरिरहेको सुनिश्चित गर्न,
  • मागपत्र पेश गर्ने कम्पनीमा यस अगाडि कार्यरत सम्पूर्ण नेपाली कामदारको सम्पर्न नं सहितको सूचि र तिनीहरूले नेपाल सरकारले तोकेबमोजिमको न्यूनतम सेवा सुविधा प्राप्त भैरहेको प्रमाणित हुने कागजात अनिवार्य रूपमा पेश गर्न/गर्न लगाउन,
  • कुनै रोजगारदाता कम्पनीले यस अगाडि कुनै इजाजतवाला कम्पनीलार्इ कुनै कामदार ल्याउन अनुरोध गरी दूतावासको अनलाइन प्रणालीमा मागपत्र प्राप्त भैसकेपछि कुनै कारणवस उक्त अनुरोध रद्द गरी नयाँ इजाजतवाला कम्पनीलार्इ पुनः अनुरोध गरेमा पहिला मागपत्र पेश गर्ने इजाजतवाला कम्पनीबाट अनिवार्य रूपमा No Objection Letter संलग्न गर्न/गराउन ।
  • सम्बन्धित रोजगारदाता कम्पनीको उच्च व्यस्थापनसँग सोझै वार्ता गरी सम्बन्धित पदको लागि नेपाल सरकारले तोकेको न्यूनतम तलव सुविधा लगायत मागपत्र र रोजगार करारपत्रमा उल्लेख भएका शर्तहरूको पूर्ण पालना हुने सुनिश्चित गर्न ।

नोटः माथि उल्लेख गरिएका विषयहरूका अतिरिक्त दूतवासबाट विभिन्न मितिमा पठाइएमा इमेलमा उल्लेख भएका विषयहरू र मागपत्र प्रमाणिकरण सम्बन्धमा दूतवासको वेवसाइटमा अपलोड गरिएका सूचनाहरूमा उल्लेख भएका विषयहरू मनन गरी सोही अनुसारको प्रक्रिया पुरा भए/नभएको एकिन गरी मागपत्र स्वीकार गर्नुहुन दूतावास पुनः गर्दछ । उल्लेखित प्रक्रिया पुरा नगरी प्राप्त हुन आएका मागपत्र उपर कार्वाही गर्न दूतावास वाध्य हुने छैन । दूतावासले संचालनमा ल्याएको अनलार्इन प्रणाली लगायत मागपत्र प्रमाणिकरणको सम्पूर्ण कामलार्इ थप व्यवस्थित सहज र सरल बनाउने सम्बन्धमा कुनै रचनात्मक सुझाव भएमा दूतावासको इमेल ठेगाना demandriyadh@gmail.com मा पठाउनु हुन समेत  दूतावास अनुरोध छ । 

Regards
EoN, Riyadh