सन् २०२१ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण ।

  • यहाँको कूट्नीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
  • यस अवधिमा गभर्नर, मन्त्रालयहरू, श्रम कार्यालयहरु समेत गरी २२ वटा उच्चस्तरीय भेटघाट भए ।
  • २.५ वर्षदेखि राजदूतावासको शेल्टरमा रहेका ह्विल-चेयर विरामी श्री वेद बहादुर भुजेलको अस्पताललाई भुक्तानी गर्न बाँकी ८ लाख २३ हजार साउदी रियाल (करिव अढाई करोड रुपैयाँ) अस्पतालबाट माफी गराई स्वदेश पठाइएको ।
  • दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २२४ नेपाली मध्ये १८९ जनाको शव स्वदेश पठाइएको । ३५ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको ।
  • मृतक नेपालीले मृत्यु हुनु अघि पाउनुपर्ने रकम प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम साउदी रियाल ३३८२६६८।
  • ट्राफिक दुर्घटनामा मृत्यु भएका २०४ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । अदालतमा दायर तथा सुनवाइ भएका मध्ये ३७ को फैसला भएको । २४ वटा फैसलाबाट साउदी रियाल १३८६५०० ब्लडमनी  समेत प्राप्त भइ मृतकका परिवारको नाममा पठाइएको ।
  • कार्य दुर्घटनामा परी मृत्यु/घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक/घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या – २२९ र यी फाइलको ३०० भन्दा बढी पटक ताकेता र परिवारलाई खवर गरेको ।
  • गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेव्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको ।
  • साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्याः २७६९
  • साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्याः ३४
  • वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय (रियाद, दम्माम,कसिम अल हासा, हायल, सकाका र अन्य स्थान) गएको संख्याः ९७
  • घरफिर्तिकेन्द्र (deportation centre) (रियाद, दम्माम,कसिम अल हासा, हायल, सकाका र अन्य स्थान) भ्रमण संख्या १९४
  • राजदूतावास र घरफिर्तिकेन्द्रको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्या ११८६
  • समस्या समाधान- कम तलव दिएका: २६५, समयमा तलव नदिएका ३६०, राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ३०२, विदामा जान दिन अनुरोध ३१५, नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३२५, कानूनी,  मानसिक एवं अन्य परामर्श ३६००
  • कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न कम्पनीलाई अनुरोध गरिएको संख्या २००
  • करिव १ वर्षको अवधिमा १३ हजार माग पत्रहरुको प्रक्रिया गरी ११ हजार भन्दा बढी मागपत्र प्रमाणिकरण गरिएको ।
  • विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ३०० भन्दा बढी रोजगारदाता र ३०० भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
  • नेपाली राजदूतावासले कोरोना संक्रमणका चरम महामारीका वेला गैर-आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ३५० सय भन्दा बढी कामदारलाई खान/बस्नको व्यवस्था गरी अधिकांशलाई वहिर्गमन भिषा लगाइ स्वदेश पठाइएको ।
  • विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका १८ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
  • राहदानी जारी गरिएको संख्या १२१५१ । सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या ५५० । निशुल्क यात्रा अनुमतिपत्र जारी ८४० (जेल र घरफिर्ति केन्द्रका लागि)
  • निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या ११०३
  • विभिन्न स्थानमा कन्सुलर, राहदानी तथा सचेतना क्याम्प सञ्चालन संख्याः २१
  • यसरी संचालित क्याम्पबाट करीव १८ हजार नेपाली कामदार लाभान्वित हुनुभएको र यो सेवाबाट कामदारको यातायात तथा खाना आदि वापत न्यूनतम अनुमानित ४५ लाख साउदी रियाल वचत भएको ।
  • कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा करिव ११ हजार ह्वाट्स-एप सन्देश र ७२ हजार टेलिफोन प्राप्त गरेको ।
  • राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी १३८ वटा विभिन्न सूचना पोष्ट गरिएको ।


नेपाली राजदूतावास
रियाद
माघ २६, २०७८