राजदूतावासबाट प्रदान गरिने केही सेवाहरु, प्रकृया र राजश्व शुल्कका सम्बन्धमा जानकारी
यस राजदूतावासबाट प्रदान गरिने सेवाहरू – राहदानी नवीकरण, कन्सुलर एवं श्रमसम्बन्धी विविध विषयमा जानकारी लिनको लागि सेवाग्राहीले टेलिफोन एवं अन्य माध्यमबाट राजदूतावासमा सम्पर्क गर्दै आउनु भएको छ । यसरी राजदूतावासमा गरिने सम्पर्कमा सेवाग्राहीबाट मूलतः निम्न विषयहरुमा जानकारी माग गर्ने गरेको पाइएको हुंदा आफ्नो कामसंग सम्बन्धित सेवाग्राहीले तल उल्लिखित कागजात र अन्य विवरण लिई राजदूतावासमा आउनुहुन अनुरोध छ । राजदूतावासका यी सेवाहरु सेवाग्राहीलाई सोही दिन प्रदान गरिने छ ।
साधारण राहदानी नवीकरण/पाना सिद्धिएको लागि
- सक्कल राहदानी,
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी,
- नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
- पाना सिद्बिएकाहरुको हकमा बाहेक हाल कायम राहदानीको म्याद 6 महिनाभन्दा कम भएको हुनुपर्ने,
- राहदानी आवेदनका लागि व्यक्ति स्वयम् राजदूतावासमा उपस्थित हुनुपर्ने,
- राजश्व दस्तूरः साउदी रियाल 200 ।-
राहदानी हराएको/च्यातिएको/बिग्रेको भएमा
- नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
- पुरानो राहदानीमा आफ्नो फोटो भएको पृष्ठ र पृष्ठ नं. ३१ को फोटोकपी,
- पुलिस रिपोर्ट र रोजगारदाता (कफिल)को सिफारिसपत्र,
- व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने,
- राजश्व दस्तूरः साउदी रियाल 400 ।-
साउदी अरबमा जन्मिएका नेपाली वच्चाको लागि राहदानी
- वच्चाको बाबुआमा दुवैको नेपाली राहदानी, नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र नेपालमा विवाह दर्ता/नाता प्रमाणित गरेको प्रमाण पत्रको फोटोकपी,
- वच्चाका लागि साउदी अस्पतालबाट जारी Birth Notification Letter, साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित वच्चाको जन्म दर्ताको सक्कल प्रमाण पत्र र यसको फोटोकपी,
- राहदानी प्रयोजनार्थ वच्चालाई लिएर अभिभावक स्वयम् उपस्थित हुनुपर्ने,
- राजश्व दस्तूरः साउदी रियाल 100 ।-
नेपाली सवारी चालक अनुमती पत्र (लाइसेन्स)अनुवादको लागि
- नेपालको यातायात व्यवस्था विभागको Online License Verification को प्रिन्ट
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी
- नेपाली लाइसेन्सको सक्कल
- साउदी अकामाको फोटोकपि
- चालक वा सवारी साधनको इन्सुरेन्सको कपि रोजगारदाता कम्पनीको पत्र
साउदी अरबमा परिवार ल्याउनु परेमा
- नेपाली नागरिकता (दुवै पृष्ठ एकै पानामा आउने गरी), र राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
- नेपालमा विवाह दर्ता/नाता प्रमाणित प्रमाण पत्रको फोटोकपी,
- निवेदकको ईकामा र साउदी सरकारद्वारा निवेदकको परिवारलाई उपलब्ध भिषा स्वीकृतिको फोटोकपी,
- राहदानीमा नेपालस्थित साउदी राजदूतावासद्वारा जारी भिषा स्टिकरको फोटोकपी,
- राजश्व दस्तूरः साउदी रियाल १५० ।-
साउदी परिचय पत्र (इकामा) नभएका वा नबनाइएकाहरुको वहिर्गमन भिषा (Exit visa) का लागि
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
- साउदी सरकारले जारी गरी म्याद सकिएको ईकामा वा इकामा नबनेकाको हकमा border number को फोटोकपी,
- व्यक्तिगत मोबाइल नम्बर,
- इकामाको म्याद सकिएको तीन महिना भए पछिमात्र राजदूतावासबाट प्रकृया चालिने Exit process का लागि माथिका कागजात पेश गर्नुपर्नेछ । नयां इकामा बनाउनु पर्नेहरूका हकमा साउदी अरब आएको तीन महिना बितिसक्दा पनि कम्पनीले इकामा नबनाएमा माथिका कागजातका अतिरिक्त सम्बन्धित रोजगारदाता कम्पनी र आफूलाई पठाउने नेपालको इजाजतपत्रवाला कम्पनीको पूर्ण विवरण समेत लिखितरूपमा पेश गर्नुपर्नेछ,
- माथिका विवरणहरू प्राप्त भएपछि राजदूतावासले Exit visa का लागि साउदी सरकारको सम्बन्धित निकायमा पेश गर्नेछ । पेश भएका कागजातमा Exit visa दिने नदिने पूर्ण अधिकार उक्त निकायको हुने,
- माथिको प्रकृयाबाट लगाइने Exit visa पूर्ण निशुल्क हुनेछ ।
- Exit visa का लागि आवेदन दिनेसंग राहदानी नभएमा राजदूतावासले एकतर्फि यात्रा अनुमतिपत्र (Travel Document) जारी गर्नेछ,
- यात्रा अनुमतिपत्रको राजश्व दस्तुरः साउदी रियाल १५०।-
श्रम सम्बन्धी गुनासोका लागि
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
- साउदी ईकामा वा border number को फोटोकपी,
- व्यक्तिगत मोबाइल नम्बर,
- कम्पनीकोR Manager वा कफिलको सम्पर्क नम्बरसहित कम्पनी र नेपालको म्यानपावरको विवरण,
- कम्पनीसंगको आफ्नो समस्यालाई टेलिफोनबाट मात्र नभइ विस्तृतरूपमा लेखेर मात्र राजदूतावासको इमेल (nepalembassyriyadh@gmail.com) वा ह्वाट्सएप ( 0500021409) बाट पठाउनु पर्नेछ ।
साउदी अरबको पुलिस रिपोर्ट (Police Clearance)को लागि
- साउदी अरबमा कार्यरत रहँदा वा रोजगारीको अवधि समाप्त गरी Exit गएका व्यक्तिको राहदानीको फोटो भएको पृष्ठको फोटोकपी,
- साउदी अरबमा कार्यरत रहदाको ईकामा वा border number भएको राहदानीको फोटोकपी,
- साउदी अरबमा काम गरेर स्वदेश फर्केका वा साउदीबाट वहिर्गमन भइसकेकाकहरुले साउदी अरबमा रहेको आफ्नो व्यक्तिलाई प्रतिनिधि तोकेर Power of Attorney दिनुपर्नेछ । राजदूतावासले यसरी Power of Attorney दिइएका व्यक्तिको नाम समावेश गरी यहांको सम्बन्धित निकायलाई पत्र लेख्ने छ । उक्त पत्रलाई साउदी विदेश मन्त्रालयको कन्सुरलर कार्यालयबाट प्रमाणिकरण गरेर च्याम्वर गरी सम्बन्धित प्रहरी कार्यालय (Police Station) मा पेश गर्नुपर्नेछ । Police Station ले Police Clearance जारी गर्नेछ । Police Clearance नेपाली राजदूतावासले जारी गर्ने कागजात होइन ।
- राजश्व दस्तुरः साउदी रियाल १९०।
निजी कामदारका रूपमा कार्यरतले पुनः साउदी अरब फर्कने (worker re-entry) कागजातको लागि
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठको फोटोकपी,
- कामदार र रोजगारदाता (कफिल) दुवैको साउदी ईकामाको फोटोकपी,
- कामदार र रोजगारदाताले हस्ताक्षर गरेको रोजगार सम्झौता पत्र (Employment Contract),
- राजश्व दस्तूरः साउदी रियाल १५० ।-
- कम्पनीमा कार्यरत व्यक्तिहरु re-entry वा vacation मा जांदा राजदूतावासबाट यो कागजात लिनु नपर्ने ।
राहदानी र साउदी ईकामामा विवरण फरक परेमा राजदूतावासले दिने सिफारीशका लागि
- साउदी अध्यागमन (जवाजात)मा विवरण सच्याउन राजदूतावासबाट Arabic वा English मा सिफारीश पत्र जारी गरिन्छ ।
- पुरानो राहदानी र नागरिकताको फोटोकपी,
- ईकामाको फोटोकपी,
- राजश्व दस्तूरः साउदी रियाल ४० ।-
अधिकृत वारेशनामा/बैक ग्यारेण्टी/मञ्जुरीनामाका लागि
- अधिकृत वारेशनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी,
- अधिकृत वारेशनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी,
- सक्कल राहदानी,
- इकामाको फोटोकपी,
- अधिकृत वारेशनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो,
- जग्गा बिक्री गर्ने अधिकृत वारेशनामाका लागि सक्कल जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा),
- सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेशनामाका लागि बिवाह दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी,
- अन्य सम्पत्ति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेशनामाका लागि उक्त सम्पत्तिको स्वामित्वको सक्कल प्रमाणपत्र,
- मन्जुरीनामाको राजश्व दस्तुरः
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (२) बमोजिम मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा साउदी रियल १५/-
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए साउदी रियल १५/- र तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने गरीको भए साउदी रियल १४५/-
- अधिकृत बारेशनामा बनाउनका लागि माथिका कागजात सहित अधिकृत वारेशनामा दिने व्यक्ति स्वयं राजदूतावासमा अनिवार्य उपस्थित हुनुपर्नेछ,
- अधिकृत बारेशनामाको कागजात राजदूतबाट मात्र प्रमाणित हुने भएकाले राजदूतावासमा टेलिफोन गरी आफु आउने दिन निश्चित गरेर मात्र आउनु पर्नेछ ।
साउदी शैक्षिक संस्थाका कागजातहरू प्रमाणिकरण गर्न
- नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
- राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी,
- सक्कल राहदानी,
- साउदी परिचय पत्र (इकामा)को फोटोकपी,
- सम्बन्धित कागजात साउदी परराष्ट्र मन्त्रालयबाट प्रमाणित हुनुपर्ने,
- राजश्व दस्तूरः साउदी रियाल १५० ।- (प्रति कागजात) ।
नेपालको विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate) लाई राजदूतावासबाट अनुवाद गर्न
- स्थानिय पञ्जिकाधिकारीबाट जारी भई स्थानिय तहको कार्यकारी अधिकृतबाट प्रमाणित विवाह दर्ता प्रमाणपत्र (Marriage Registration Certificate),
- श्रीमान/श्रीमती दुवैको नेपाली नागरिकता प्रमाण पत्र (दुवै पृष्ठ एकै पानामा आउने गरी)को फोटोकपी,
- श्रीमान/श्रीमती दुवैको साउदी परिचय पत्र (ईकामा) र राहदानीमा आफ्नो फोटो भएको पृष्ठ को फोटोकपी,
- राजश्व दस्तूरः साउदी रियाल १५० ।-