
कोरोना भाइरस (COVID-19) का सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको जानकारीमूलक अनुरोध ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले हिजो मिति २०७६।११।१८(तदनुसार मार्च १, २०२०) मा उपलव्ध गराएको जानकारी अनुसार साउदी अरबमा हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजैलै सर्ने यस भाइरसको साउदी अरबमा संक्रमण रोक्न साउदी अधिकारीहरुले सार्वजनिक गरेका केही महत्वपूर्ण जानकारी नेपाली समुदायका लागि उपयोगी देखिएकाले समावेश गरिएको छ । उमराह (Umrah) तथा Prophet’s Mosque को भ्रमणमा