ईदको पूर्वसन्ध्यामा देखिएका कामदार सम्बन्धि विविध समस्या र समाधानका प्रयास सम्बन्धमा विज्ञप्ती

ईदको पूर्वसन्ध्यामा देखिएका कामदार सम्बन्धि विविध समस्या र समाधानका प्रयास सम्बन्धमा विज्ञप्ती

 

साउदी अरबमा विभिन्न श्रमिक समस्याहरूदिनप्रतिदिनहुने र राजदूतावासबाट पनि दैनिक पहल गरी समाधानको निरन्तर प्रयास भइरहेको छ । यद्धपि विगत केही दिनदेखि समस्याको प्रकृति र प्रवृति अझ भारी रूपमा अगाडि आइरहेका छन् । हालसालै प्राप्त भएका देहायका श्रमिक समस्या र समाधानमा राजदूतावासबाट भएका प्रयत्न, उपलब्धि र पूर्व सावधानीका विषयमा सम्बन्धित सबैलाई जानकारी दिन र आइन्दा यस्ता समस्या फेरि नदोहोरिउन् भन्ने उद्देश्यले यो विज्ञप्ती जारी गरिएको छ ।

  • बोल्न नसक्ने, खाना नखाने, आफ्नो परिचय दिन नसक्ने, परिचय खुल्ने कुनै कागजात नभएको र विक्षिप्त मानसिक अवस्थाका झापा खुदुनाबारी घरभई स्काइवेज सर्भिसेज प्रा. लि. बाट यही २०७६ श्रावण १० गतेFurniture Solution Company, Riyadhमा काम गर्न आएका राहदानी नं. ११२७६२५३ का नेपाली नागरिकलाईस्पोन्सरको सहयोगमा वहिर्गमन भिषा(Exit visa) जारी गराई इजाजतपत्रवालासंग हवाई टिकटको व्यवस्था मिलाई अगष्ट १३ तारिखका दिन हिमालयन एयरलाइन्सको दमाम काठमाण्डौ उडानवाट नेपाल फर्काइएको छ । निज विरामी कामदारलाई नेपाल पुर्‍याउन सहयोग गर्नुहुने हिमालयन एयरलाइन्स, नेपाली समुदाय, इजाजतपत्रवाला तथा स्पोन्सर कम्पनी लगायत सबैमा नेपाली राजदूतावास हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छ ।

  • जेविआर एसोसिएटसवाट ३१ जना नेपाली कामदारहरू२०१९ मे ८ र १० तारिखका दिन साउदी अरबको Tops Manufacturing companyको स्पोन्सरसिपमा जनरल लेवरको काममा आएका थिए। कम्पनीले काम नदिएको, सेवा सुविधा नदिएको, कम्पनी फरक परेको,मेनपावरले भने अनुसार काम सेवा सुविधा नभएको भनीती नेपाली कामदारले काम गर्न नमानेको । दूतावासले रोजगारदाता कम्पनी, इजाजतपत्रवाला र कामदारसँग समन्वय गरी काम, सेवा र सुविधा दिन र काममा जान पटक पटक अनुरोध गर्दा समेत काममा नजाने नेपाल नै फर्कने एक शुत्रीय माग राखी २०७६/४/१३ मा दूतावास परिसरमा आईबसेका । सम्झाई बुझाई गर्दा समेत उनीहरू काममा फर्कन नमानेका । मिति २०७६/४/२३ का दिनसम्म कामदार, इजाजतपत्रवाला र रोजगारदाता कम्पनीसंग विभिन्न चरणमासंवाद गरी समस्या समाधनको लागि अन्ततः इजाजतपत्रवालाले प्रतिव्यक्ति १००० साउदी रियाल र फर्कने टिकट रोजगारदाताकम्पनीलाई दिने र रोजगारदाताले घर फिर्ती केन्द्रवाट वहिर्गमन भिषा दिलाई नेपाल फर्काउने सहमति गरिएको छ । श्रावण २३ गतेसाँझ कम्पनीको अकोमोडेसनमा कामदारलाई फिर्ता पठाईश्रावण २४ गते खानपिन लगायत भौतिक सुविधाको व्यवस्था गरिएको छ । इदुल अज्हाको विदा पछि स्वदेश फिर्ता गर्ने व्यवस्था मिलाउनइजाजतपत्रवाला र रोजगारदातालाई निर्देशन गरी सहमति बनाइएको छ ।

  • साउदीको Cities Development Integration Company General Contractingमा काम गर्ने गरी नेपालको Farooque Overseas ले पठाएका तर कामदारको भनाई अनुसार Honesty Overseasर तीनका एजेण्टले अनावश्यक आश्वासन दिई ल्याएका १५ जना कामदारको समस्याका सम्बन्धमा गुनासो प्राप्त भएको । कम्पनी, इजाजतपत्रवाला, नेपाली समुदाय र दूतावासका प्रतिनिधि बसी समुहमातथा व्यक्तिगत रूपमा कामदारसंग समस्याको उत्पति, विकास र समस्या समाधानका विषयमा संवाद गरिएको ।कामदारको भनाई अनुसार भने वमोजिमको सुविधा, काम र कम्पनी नभएको कारण काम नगर्ने र नेपाल नै फर्काउनुपर्ने भन्ने एकसुत्रीय माग रहेको र कुनै विकल्पमा सोच्न नसकिने जानकारी कामदारलेगराएकोले कम्पनी र इजाजतपत्रवालालाई नेपाल फर्काउन आवश्यक व्यवस्था मिलाउन जानकारी दिइएको छ । कम्पनी र इजाजतपत्रवालाले समन्वय गरी कम्पनीले Exit visa issueगर्ने र इजाजतपत्रवालाले निजहरूको टिकटको व्यवस्था गरी नेपाल फर्काउने व्यवस्था मिलाउन निर्देशन गरी समस्या समाधानको पहल गरिएको छ ।

  • हालै साउदी अरबको जुवेल क्षेत्रमा ६ जना नेपाली कामदारलाई एकजना नेपालीलेकाममा लगाई पारिश्रमिक नदिएको गुनासो नेपाली राजदूतावासमा प्राप्त हुनआएको ।तीनेपाली कामदार विभिन्न इजाजतपत्रवालाबाट साउदीका विभिन्न ठाँउमा काम गर्ने गरी आएका र आफ्नो कम्पनी छोडी भागेर काम गरिरहेको । यही अवस्थामा नेपाली नागरिक राजेश भन्ने शेरबाहादुरसेन्दांगले अवैध रूपमा काममा लगाएको र काम गरेवापत पाउनुपर्ने पारिश्रमिक आंशिक रूपमा दिएको तर बक्यौता रकम माग गर्दा धम्की दिने गरेको ।

यस समस्यामा राजदूतावासले आफ्ना स्थानीय कर्मचारी मार्फत्दुवैपक्षसंग अलग अलग र संयुक्त रूपमा पटक पटक ३ दिन सम्म संवाद गरी समाधानको पहल गरेको । काम लगाउने व्यक्तिले गैरकानूनी ढंगवाट काममा लगाएको र कामदारले पनि कम्पनी छोडी गैरकानूनी काम गरेको स्वीकारेका । दूतावासको पहल पछि काम गर्नेले पाउनुपर्ने रकम काम गराउनेले भुक्तानी दिने र भुक्तानीपछि कामदार स्वदेश फर्कने सहमती भएको । सहमती अनुसार दुवैपक्षकाबीच कागज गरी अभिलेख राखिएको । सहमति बमोजिमको कार्यान्वयन भए समस्या समाधान हुने र नभए स्थानीय कानून बमोजिम कारवाही हुने जानकारी गराई समस्याको समाधानमा पहल गरिएको छ । नेपालमा इजाजतपत्रवाला र अवैध एजेण्टवाट शुरू हुने कामदारको शोषणको सिलसिला गन्तव्यमा पनि पुराना र आफूलाई समाजसेवी भन्ने केही नेपालीनागरिकबाट दोहोरिने गरेको देखिएकोछ । यसमा सजगता अपनाउन सम्बन्धित सबैमा अनुरोध छ ।

  • Distinguish brothers Trading Company मा लामो समय देखि काम गरिरहेका नेपाली कामदार ठूलो संख्यामा रहेकामा पटक पटक कम्पनी र सम्बन्धित सरकारी निकायमा नियोगवाट समस्या समाधान गरिदिन अनुरोध गरिएको । केही कामदारहरूले आफ्नो राजीखुशीले आफुले कम्पनीवाट पाउने सेवापछिको सुविधा तथा वाँकी वक्यौता नलिने र कुनै उपायले घर फर्काइदिन कम्पनीमा लिखित अनुरोध गरेपछि नियोगको पहलमा स्थानीय रोजगारदाता कम्पनी, श्रम कार्यालय र घरफिर्ती केन्द्रको सहयोगमा वहिर्गमन भिषा प्राप्त गरी स्वदेश फर्काउने व्यवस्था मिलाई २० जना १३ अगष्टका दिन हिमालयन एयरलाइन्सको उडानवाट नेपाल फर्किएका छन्।

 

यस्ता समस्याहरू श्रमिकले यथार्थ नबुझी वैदेशिक रोजगारीमा आउँदा, कम्पनी छोडी भाग्दा, एजेण्ट र इजाजतपत्रवालाले अतिरञ्जित सपना देखाई कागजात अर्को दिई पठाउँदा, रोजगारदाताले समयमा काम र सेवा सुविधा नदिँदा र अभिभावकले साउदी पठाएमा मानसिक अवस्था वा गलत बानी व्यहोरा सुधार हुन्छ भन्ने ठान्दा, नियमन र नियन्त्रण कमजोर हुँदा सृजना हुने गरेका छन् । यी सबै पक्षमा सुधार हुन जरूरी छ । अधिकांश समस्याको मुहान एजेण्ट, इजाजतपत्रवाला, कामदार, परिवारका सदस्यवाटै शुरू हुने भएकोले त्यहाँ नियन्त्रण र सचेतना नभएसम्म गन्तव्यमा समस्याको समाधान खोज्नु मुहानमा फोहर गरेर तल सफा पानी खोज्नु जस्तै हुनजान्छ । यसवाट राज्य तथा राष्ट्रको श्रोतको भारी अपव्यय भइरहेको छ । अपूरणीय रूपमा सामाजिक लागत बढेको छ । एकपक्षको बलले मात्र सुधार संभव छैन । यसर्थ, बेलैमा सचेत भई सरोकारवाला सबैबाट सुधारको पहल हुन आवश्यक छ र सोही कुरा सबैबाट अपेक्षा गरिन्छ ।

 

नेपाली राजदूतावास, रियाद ।
साउदी अरब
२०७६/०४/२९