वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा आफ्नो ड्यूटी गर्ने क्रममा दुर्घटना (work-related accident) मा परी मृत्यवरण गर्नुभएका नेपाली कामदारको सामाजिक सुरक्षा बीमा (social insurance) वापत मृतकको परिवारले पाउने बीमा रकम दावी गर्दा भर्नुपर्ने गोसी (General Organization for Social Insurance- GOSI) फारामको साथमा अनिवार्य संलग्न राख्नुपर्ने कागजातको सूचि
मृतकको पत्नी वा पतिको विवरण (Data concerning widows section) अन्तर्गत चाहिने कागजात
- श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र
- गर्भवती भएमा हस्पिटलको कागज
- श्रीमतीको मृत्यु भैसकेको भए- मृत्यु दर्ता प्रमाणपत्र
- पारपाचुके भएको वा छोडेर गएको भए- सोको प्रमाण (सम्बन्ध विच्छेदको कागज वा छोडेर गएको भए सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको कागज)
नोटः मृतक महिला भएमा- माथि उल्लेख गरेबमोजिम निजको पतिको विवरण र आवश्यक कागजात
मृतकको छोरा तथा दाजुभाईको विवरण (Data concerning sons and brothers )अन्तर्गत चाहिने कागजात
- छोरा(हरु)को जन्म दर्ता
- नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
- अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
- रोजगार भए खाइपाइ रहेको तलब खुल्ने सम्बन्धित कार्यालयको पत्र
नोट: मृतक अविवाहित भएमा- दाजुभाईको जन्म दर्ता र नागरिकता ।
२६ वर्ष भन्दाबढी उमेरका छोरा तथा दाजुभाईले कुनै रकम नपाउने । छोरा वा दाजुभाई २१ वर्षदेखि २६ वर्षबीचको उमेरको भएमा उनीहरु पढ्दै गरेको भएमात्र रकम पाइने त्यसका लागि अध्ययनरत रहेको प्रमाण पेश गर्नुपर्ने, अन्यथा रकम नपाइने ।
मृतकको छोरी तथा दिदीबहिनीको (Data concerning daughters and sisters) अन्तर्गत चाहिने कागजात
- छोरी(हरू)को जन्म दर्ता
- नागरिकता प्राप्त गरिसकेको भए नागरिकता
- अपाङ्ग भए सोको प्रमाणपत्र/हस्पिटलको प्रमाणपत्र
- रोजगार भए मासिक तलब खुल्ने सम्बन्धित संस्था/कार्यालयको कागज
नोटः मृतक अविवाहित भएमा- दिदीबहिनीको जन्म दर्ता र नागरिकता ।
अविवाहित छोरी वा दिदीबहिनीले मात्र रकम पाउने ।
मृतकको बुबाआमाको विवरण (Data concerning parents) अन्तर्गत चाहिने कागजात
- मृतकको बुबा आमाको नागरिकता
- मृत्यु भैसकेको भए मृत्यु दर्ता प्रमाणपत्र
- बुबा ६० वर्ष भन्दा कम उमेरको र काम गर्न सक्ने अवस्थाको नभएमा अपाङ्/अशक्त पुष्टि हुने हस्पिटलको प्रमाणित कागज अनिवार्य चाहिने, वडा कार्यालयको सिफारिशले नहुने ।
अन्य आवश्यक कागजातहरू
- नाताप्रमाणित (फाराममा उल्लेख भएका सम्पूर्ण हकवालाहरूको फोटो नाताप्रमाणित कागजमा हुनुपर्ने)
- हकवाला प्रमाणित
- मृतकको मृत्यु दर्ता प्रमाणपत्र
- मृतकको नागरिकता
- दुई जना साक्षीहरूको नागरिकता
महत्वपूर्ण नोटः
- GOSI फाराममा विवरण भर्दा सफा र स्पष्ट अक्षरमा भर्नुपर्ने छ ।
- GOSI ले आगामी जनवरी २०२२ देखि सामाजिक सुरक्षा बीमा वापतको पैसा सम्बन्धित हकवाला/ परिवारको बैंक खातामा सोझै ट्रान्फर गर्ने व्यवस्था गर्न लागेको हुँदा हकवालाको बैंक खातासम्बन्धि विवरण भर्दा सफा र स्पष्ट अक्षरमा भर्नुहोला । ।
- हकवालाहरुको फोन नं. पनि अनिवार्यरुपमा लेख्नुपर्ने छ
- अंग्रेजी भाषामै जारी गरिएका कागजात बाहेक अन्य सम्पूर्ण कागजातहरु नोटरीबाट अंग्रेजीमा अनुवाद गरेको हुनु पर्नेछ । मृतकको सामाजिक सुरक्षा वापतको बीमा रकमका लागि साउदी अरबको GOSI अफिसमा कागजात पेस गर्ने प्रयोजनका लागि GOSI फाराम र सोसाथ संलग्न राख्नुपर्ने कागजातहरू पठाउनु अघि माथि उल्लेख गरेबमोजिमका कागजात भए नभएको राम्ररी रूजु गरेर मात्र पठाउनु हुन अनुरोध छ ।
GOSI Bank Details