विश्व स्वस्थ्य संगठनका महानिर्देशकले कोरोना संक्रमणबाट बच्न दिनुभएका केही उपयोगी सल्लाहहरु


कोरोना भाइरस (COVID-19) को संक्रमण विश्वव्यापी रूपमा फैलिएका कारण दैनिक जीवन यापन असहज बन्दै गएको सन्दर्भमा विश्व स्वस्थ्य संगठनका महानिर्देशकले संक्रमणसंग लड्न र शरीरलाई मानसिक र भौतिकरुपमा स्फूर्त राख्न निम्न सल्लाह दिनुभएको छ । यी सल्लाहको अनुसरण गरी जीवनलाई तनावमुक्त बनाउदै कोरोनाको संक्रमणबाट बचौं र बचाउं ।
– यो कठीन समयमा आफ्नो भौतिक र मानसिक स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । यसले शरीरलाई दीर्घकालीन फाइदा पुर्याउदछ । यसका लागिः
– स्वस्थ र पोषणयुक्त खाना खानुहोस् । यसले रोगसंग लड्ने क्षमतालाई मझबुत राख्न मद्यत गर्दछ
– चिनीको मात्रा धेरैहुने जूस तथा पेयपदार्थहरु सकेसम्म नखानुहोस् ।
– धुम्रपान नगर्नुहोस्। धुम्रपानले शरीरमा गम्भीर रोगहरु बढ्ने खतरा बढाउदछ । शरीरमा COVID 19 को संक्रमण भयो भने धुम्रपान झनै खतरा हुन्छ ।
– नियमित शारीरिक अभ्यास गर्नुहोस् । विश्व स्वास्थ्य संगठनले वयस्कहरुका लागि दैनिक ३० मिनट र वच्चाहरुका लागि १ घण्टा शारीरिक अभ्यास हुनुपर्ने सिफारिश गरेको छ ।
– COVID 19 का कारण स्थानीय कानून र गाइडलाइनले बाहिर हिंडडुलमा रोकेका छैन भने घर बाहिर हिंडनुहोस्, दौडिनुहोस् ।
– घर बाहिर निस्कदा अन्य व्यक्तिसंग सुरक्षित दुरी कायम राखेर मात्र हिंड्नुहोस् ।
– घरबाहिर निस्कने अवस्था छैन भने अनलाइनमा शारीरिक अभ्यास सम्बन्धित भिडियोहरू खोज्नुहोस र अभ्यास गर्नुहोस् ।
– गीत संगीतमा नाच्नुहोस् ।
– योगा गर्नुहोस् ।
– आफ्नो आवासमा भर्याङ छ भने भर्याङमा पटक पटक तलमाथि गर्नुहोस् ।
– घरबाट काम गर्दैहुनुहुन्छ भने एउटै पोजिशनमा लामो समय नबस्नुहोस् । हरेक आधा घण्टामा ३ मिनेट जतिको ब्रेक लिनुहोस् ।
– आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् । संकट र रोगको महामारीका बेला तनाव महसुस हुनु, अलमल वा भ्रममा परेको अनुभव हुनु र एक प्रकारको डरको अनुभूति हुनु स्वाभाविक हो । यस्तो अवस्थामा आफूले चिनेजानेका र विश्वास गर्नसक्ने मानिससंग कुराकानी गर्नुहोस् यसले तनाव कम गर्न मद्यत गर्दछ ।
– आफ्नो समुदायका अन्य सदस्यलाई सहयोग गर्नुहोस् । यसो गर्दा समुदायका अतिरिक्त स्वयंलाई पनि मद्यत गर्दछ ।
– छरछिमेक, आफन्त र साथिभाइको हालखवर सोध्नुहोस् ।
– गीत संगीत सुन्नुहोस्, किताब पढ्नुहोस्, खेल खेल्नुहोस् ।
– संक्रमण, महामारी र संकटका समाचारले चिन्तित बनाउदछ भने धेरै समाचार हेर्ने सुन्ने नगर्नुहोस् । आफूलाई चाहिने सूचना विश्वसनीय माध्यमबाट दिनमा एक वा दुईपटक लिनुहोस् ।
– एक अर्कामा दयाभाव राख्नुहोस् । दयाभाव आफैमा एक राम्रो औषधी हो ।
– CoVID-19 ले हामी सबैलाई एक हुन सिकाएको छ । सबैजना एक भइ यसको सामाना गरौं ।

माथिका निकै उपयोगी यी बुंदाहरुलाई जतिसक्दो धेरैजनामा शेयर गरी यो भाइरसको संक्रमण नियन्त्रणमा योगदान गरौं ।

नेपाली राजदूतावास, रियाद ।
२०७६।१२।१५