राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा थप ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना । إعلان عن إغلاق السفارة مؤقتاً

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा थप ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना ।

साउदी सरकारबाट जारी स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासका एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको कारणले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवाहरू (राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) मे ४ देखि मे ६, २०२१ सम्म बन्द गरिएकोमा फ्रन्ट डेस्कमा काम गर्ने राजदूतावासका थप कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ ।

राजदूतावासमा सेवा लिन आउने सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षाको निम्ति थप सजकता एवम् सतर्कता अपनाउन आवश्यक देखिएकोले भौतिक रूपमा दूतावासमाउपस्थित भई लिनुपर्ने सेवाहरू (राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) भोलि मिति मे ९ देखि मे ११, २०२१ सम्मको लागि स्थगित गरिएको छ । अप्रिल २७, २०२१को सूचनामा राहदानी सेवाको लागि मे १४, २०२१ गते शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने व्यहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति दूतावास दुःख व्यक्त गर्दछ ।

१२ र १३ मे का दिन इदअलफित्रको सार्वजनिक विदा परेको हुँदा १६ मे २०२१ का दिनदेखि राजदूतावासबाट प्रदान हुने सम्पूर्ण सेवाहरू यथावत् सञ्चालनमा आउने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

तथापि, यसबीचमा अत्यावश्यक कामपरी राजदूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्नुहुन र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्नहुन अनुरोध छ । विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ ।यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६००र इमेल ठेगानाः nepalembassyriyadh@gmail.comमार्फत् समेत आफ्नो समस्या राख्न सकिने छ ।

إعلان عن إغلاق السفارة مؤقتاً

بالإشارة إلى الإعلان السابق تفيد سفارة نيبال بالرياض بثبوت إصابة حالة ثانية بكوفيد 19 وأن المصاب قد خالط موظفين آخرين بالسفارة، فنظراً لاقتضاء الحالة ومناسبة إجازة عيد الفطر لعام 1442هـ ستغلق السفارة أبوابها لكافة الخدمات التي تقتضي الحضور ابتداءً من يوم الأحد 09مايو 2021م إلى يوم الخميس 13 مايو2021م، وسوف يستأنف العمل بها من يوم الأحد 16 مايو 2021م.

नेपाली राजदूतावास, रियाद
२५ वैशाख २०७८ (8 May 2021)