राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना (إعلان عن إغلاق السفارة مؤقتاً)…..

राजदूतावासमा भौतिकरुपमा उपस्थित भई लिनुपर्ने सेवा ३ दिनको लागि स्थगित गरिएकोसम्बन्धी जरूरी सूचना ।

यस राजदूतावासले कोभिड-१९ को विषम परिस्थितिमा समेत साउदी सरकारको स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरू पालन गरी निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको व्यहोरा सबैमा विदितै छ । स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि दूतावासको एकजना कर्मचारी कोभिड-१९ बाट संक्रमित हुनुभएको र उहाँसँग दूतावासका अन्य कर्मचारी प्रत्यक्ष सम्पर्कमा आएको हुँदा सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालार्इ ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने सेवाहरू (जस्तैः राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी आदि) भोलि मिति २०७८ वैशाख २१ गते देखि मिति २०७८ वैशाख २३ गते सम्मको लागि स्थगित गरिएको छ । यसअघिको सूचनामा राहदानी सेवाको लागि वैशाख २४ गते शुक्रबार सार्वजनिक विदाको दिन दूतावास खुल्ला रहने जानकारी गराइएकोमा सो दिन उक्त सेवा पनि बन्द रहने व्यहोरा जानकारी गराइन्छ । यसबाट सेवाग्राहीलाई पर्नजाने असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ ।

तथापि, यसबीचमा अत्यावश्यक कामपरी राजदूतावासमा सम्पर्क गर्नुपरेमा दूतावासको ल्याण्डलाइन नं. ०११ ४६१११०८ मा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गर्नुहुन र श्रमिकको समस्या तथा गुनासो लगायत अन्य नियमित कामसँग सम्बन्धित विषयमा कुरा गर्नुपरेमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्नहुन अनुरोध छ । विषयसँग सम्बन्धित कर्मचारीको मोवाइल नं. (https://sa.nepalembassy.gov.np/embassy-of-nepal/) मा राखिएको छ । यसका अतिरिक्त दूतावासको हटलाइन नं. ०५५९३८९६०० र इमेल ठेगानाः nepalembassyriyadh@gmail.com मार्फत् समेत आफ्नो समस्या राख्न सकिने छ ।

إعلان عن إغلاق السفارة مؤقتاً

تفيد سفارة نيبال بالرياض بإصابة أحد موظفيها بكوفيد 19 وأنه قد خالط موظفين آخرين بالسفارة، فنظراً لصحة وسلامة المراجعين تغلق السفارة أبوابها لكافة الخدمات التي تقتضي الحضور بالسفارة وذلك من يوم الثلاثاء 4 مايو 2021م إلى 6 مايو 2021م.

नेपाली राजदूतावास, रियाद
२० वैशाख २०७८ (3 May 2021)