मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना (إعلان بخصوص تصديق طلب عقد العمل)

मागपत्र प्रमाणीकरण सम्बन्धी थप सूचना !

कोभिड-१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य २०७७ माघ ११ (२४ जनवरी २०२१) गतेदेखि पुनः संचालनमा आएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरूलाई अवगत नै छ ।

मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) बाट आवेदनहरु प्राप्त भइरहेका छन् । तर एकैपटक धेरै संख्यामा आवेदनहरू प्राप्त हुन आएको हुँदा ती आवेदनलाई प्रकृयामा लगेर टुङ्ग्याउन अरू केही समय लाग्ने देखिन्छ । राजदूतावासले आवश्यक प्रकृया पुगेका आवेदनहरू स्वीकृत गरी प्रमाणिकरण गर्न शुरु गरिसकेको छ ।

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको र पछिल्ला दिनहरूमा संक्रमण बढ्दै गएको परिप्रेक्ष्यमा साउदी सरकारले हालै जारी गरेको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गरी यस राजदूतावासले हाललाई दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको छ । ठूलो संख्यामा कामदार माग भएका तथा कम्पनी भ्रमण गरी थप बुझ्नुपर्ने देखिएका मागपत्रहरुको प्रकृया कोरोना संक्रमणको जोखिम न्यून भएपछि मात्र शुरू गरिने छ ।

कोरोना संक्रमण जोखिमको विद्यमान अवस्थालाई मध्यनजर गर्दै राजदूतावास चान्सरी परिसरमा अनावश्यक भिडभाड हुन नदिन तत्कालका लागि मागपत्र प्रमाणीकरणसम्बन्धी सबै प्रकारका प्रत्यक्ष भेटघाट बन्द गरिएको छ । मागपत्र प्रमाणिकरण सम्बन्धी आवेदनहरू अनलाइनमार्फत् पठाउने कार्य जारी राख्नु हुन र यस सम्बन्धमा कुनै जिज्ञासा भएमा यस अघि उपलव्ध गराइएको इमेल ठेगाना demandriyadh@gmail.com मा लेखी पठाउनुहुन अनुरोध छ । प्राप्त हुने इमेलको क्रमशः जवाफ दिइने छ ।

नेपाली राजदूतावास, रियाद
२०७७।१०।२४

إعلان بخصوص تصديق طلب عقد العمل

تفيد سفارة نيبال بالرياض بأن خدمة تصديق العقود والتي كانت معلقة بسبب جائحة COVID-19 ، تم استئنافها اعتباراً من 24 يناير 2021م.

كما تفيد بأنها ترد لها يومياً طلبات تصديق العقود آلياً عبر الرابط: https://demand.nepalembassy.gov.np ، ونظرًا لورود عدد كبير من الطلبات في آن واحد، يستغرق بعض الوقت لمعالجة هذه الطلبات وإنهائها، كما أن السفارة بدأت إرسال الموافقة و تصديق العقود المكتملة طلباتها اللازمة.

ونظرًا لبقاء مخاطر الإصابة بكوفيد-19 وارتفاع عدد المصابين يومياً، وعملاً بالبروتوكولات الصحية التي أصدرته حكومة المملكة العربية السعودية مؤخراً، تقوم السفارة حاليا بتصديق مابين 30 إلى 35 طلباً يوميًا فقط. وأما طلبات تصديق العقود التي تحتوي على عدد كبير من العمالة، وتقتضي زيارة المنشآة لمزيد من المعلومات سوف تبدأ إجراءاتها بعد إعلان  وزارة الصحة بانخفاض خطر الإصابة للغاية وبأنه لا توجد مشاكل في الاجتماعات واللقاء في المجموعات.

وفي ضوء المخاطر الحالية للإصابة بفيروس كورونا، تم تعليق جميع الاجتماعات والمقابلات المتعلقة بطلبات تصديق العقود لتجنب الحشود غير الضرورية داخل مقر السفارة.

تأمل السفارة الاستمرار في تقديم طلبات تصديق العقود إلكترونياً عبر النظام، وفي حال وجود أي استفسار بخصوص طلبات تصديق العقود يرجى إرساله عبر البريد الإلكتروني المخصص (demandriyadh@gmail.com)  والمعلن عنه سابقاً وأنه سيتم الرد على الإيميلات الواردة بشكل تدريجي.

سفارة نيبال بالرياض
06/02/2021م