कानूनी बाटोबाट मात्र रकम पठाउनुहुन साउदी अरबमा कार्यरत सबै नेपालीहरूमा हार्दिक अनुरोध

आफ्नो मिहेनतको कमाइ घरपरिवारलाई पठाउदा बैंक वा आधिकारिक मनि ट्रान्सफर कम्पनीहरुबाट  मात्र पठाउनुहोस् ।

बैंकिङ्ग वा आधिकारिक मनि ट्रान्सफर माध्यमबाट रकमान्तर गर्दा सुरक्षित, भरपर्दो र सहजै तपाईको नजिकको व्याक्त्तिले नेपालमा भुक्त्तानी पाउनुहुन्छ ।

बैंक खाता छैन भने खाता पनि खोल्नुहोस् । आफ्नो खातामा पैसा पठाउदा बचत गर्ने बानीको विकाश हुन्छ । खाता खोल्नका लागि साउदी अरबमा नै केहि नेपाली बैंकका प्रतिनिधिहरू उपलव्ध हुनुहुन्छ ।

हुण्डी, हवाला तथा अन्य यस्तै किसिमका पैसा पठाउदा अपनाउने माध्यमहरू अवैधानिक हुन् । अवैधानिक तरीकाले पैसा पठाउदा तपाई पनि जुनसुकै बेला कानूनको फन्दामा पर्न सक्नुहुन्छ । गैरकानूनीरूपमा पैसा ट्रान्सफरलाई निरूत्साहित गर्नु सचेत नागरिकको कर्तव्य पनि हो ।

कानूनी च्यानलबाट पैसा पठाउदा देश विकासमा समेत योगदान पुग्न जान्छ ।

बैंकिङ्ग माध्यमबाट पठाएको रकमलाई नेपालको विद्यमान कानून अनुसार सम्पत्ति खरिद वा अन्य व्यवसाय गर्दा आम्दानीको स्रोतका रूपमा पनि देखाउन सकिन्छ ।

आफ्नो कमाइको रकम कानूनी बाटोबाट स्वदेश पठाउने नागरिकहरूलाई देश विकासको मूल प्रवाहमा ल्याउन नेपाल सरकारले विविध प्रोत्साहनमूलक कार्यक्रमहरु समेत संचालनमा ल्याएको छ ।

तसर्थ, कानूनी बाटोबाट मात्र आफ्नो कमाइ र आम्दानी स्वदेश पठाउनुस्, हुण्डी, हवाला तथा अन्य अवैधानिक माध्यमलाई निरूत्साहित गर्नुहोस् ।

चिनेजानेका वा चिनजान नभएका कसैको बहुमूल्य वा धातुजन्य समानहरू ओसार पसारमा संलग्न नहुनुहोस् । भरिया वा मतियार बनेर समान ओसारपसारमा संलग्न हुनेलाई कडा कानूनी कारवाही हुन्छ ।

नयां वर्ष २०७९ सुखमय एवम् आफ्नो कमाइ कानूनी माध्यमबाट मात्र स्वदेश पठाउने वर्ष बनोस् । हार्दिक मंगलमय शुभकामना ।

साउदीअरबमा क्रियाशिल बैक तथा मनि ट्रान्सफर कम्पनीहरूमा कार्यरत प्रतिनिधीहरूको विवरण यस प्रकार छ :

१) राम बहादुर क्षेत्री- कन्ट्री हेड, ग्लोबल आईएमई बैंक, ०५४०९९१७४२

२) रोशन खड्का, कन्ट्री हेड-हिमालयन बैक लिमिटेड , ०५६१०७६३७९

३) निरज सिंह, प्रतिनिधि- नेपाल ईन्भेष्टमेन्ट बैंक, ०५४८४४०५६१

४) राकेश शर्मा, कन्ट्री हेड- प्रभु बैंक, ०५९२१०२२५८

५) जितेन्द्र थपलिया, कन्ट्री म्यानेजर- सिटी एक्सप्रेस तथा एएनबी बैंक, ०५६१८७१७८०

६) शैलेन्द्र कुमार चौधरी, प्रतिनिधी-रिया मनि ट्रान्सफर, ०५९११७३३७५

७) सन्तोष लामिछाने, प्रतिनिधि- ट्रान्सफास्ट मनि ट्रान्सफर ०५९०६१२२७६

 

 

नेपाली राजदूतावास, रियाद

२०७९ साल वैशाख १ गते