साउदी अरबमा पनि कोरोना भाइरस (COVID-19) को संक्रमण फैलिदै गएको सन्दर्भमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावास, रियादको सूचना
- कोरोना भाइरसबाट संक्रमितहरुको संख्या साउदी अरबमा पनि बढ्दो छ ।
- कोरोना भाइरसको संक्रमणका विरामी धेरै देखापरेका कारण अधिकारीहरुले साउदी अरबको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यपारिक शहर दम्मामको नजिकैको स्थान Qatif को आवतजावत बन्द गरेको अवगत नै छ । साउदी सरकारको निर्णयबाट उक्त क्षेत्रमा थप संक्रमण हुन नदिन आवागमन नियन्त्रण गरिएको तथा कोही पनि नेपाली नागरिकमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी सरकारले चालेका कदम र सजगता अनुसार काम गर्नुहुन र अधिकारीहरुलाई सहयोग गर्नुहुन अनुरोध छ ।
- रियाद तथा दम्मामका घरफिर्ति केन्द्रहरूमा नेपाली नागरिकहरुको चाप बढ्दै गएकाले आज ती स्थानका कार्यालय प्रमुखहरुसंग भेटगरी नेपाली नागरिकलाई जुनसुकै हवाइ मार्गबाट भएपनि स्वदेश पठाइदिन अनुरोध गरिएको छ । आगामी आइतवारसम्म पर्खन अधिकारीहरुबाट अनुरोध भएको छ ।
- सूचना जारी गर्दासम्म साउदी अरबबाट नेपालका लागि Himalaya AIrlines, Salam Air तथा Oman Air (Exit लागेकाहरुका लागि मात्र) विमान सेवाहरु संचालनमा रहेको जानकारी प्राप्त भएको छ।
- संक्रमण नियन्त्रणमा अपनाइने सावधानीका क्रममा साउदी सरकारले आजैबाट थप देशबाट हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । ती देशमा European Union का देशहरु Swiss Confederation, India, Pakistan, the Sri Lanka, Philippines, Sudan, Ethiopia, South Sudan, Eritrea, Kenya, Djibouti, र Somalia रहेका छन । तर साउदी नागरिक र साउदी अरबको मान्य भीसा भएका विदेशी नागरिकहरुले ७२ घण्टा भित्र साउदी आइसक्नुपर्ने गरी समय दिएको छ । नेपालबाट हुने Himalaya AIrlines को सीधा हवाइसेवा र ओमान ट्रान्जिट हुदै Salam Air मा हुने नियमित यात्रा गर्न सकिने भएता पनि यो व्यवस्था जुनसुकै बेला पनि हट्न सक्ने Salam Air एवं विमानस्थलका अधिकारीहरुले बताएका छन् ।
- नेपाली राजदूतावास रियादले प्रदान गर्दै आएका नेपाली नागरिक सम्बन्धी सेवाहरु यथावत सुचारू रहने व्यहोरा सबैमा अनुरोध छ । तापनि राजदूतावासको सेवा अति जरुरी छैन भने (जस्तै राहदानीको म्याद छ महिना भन्दा बढी छ भने, हवाइसेवा करीब बन्द भएका बेला निजी कामदारहरुको पुनः श्रम स्वीकृतिको सिफारिश, नियमित कन्सुरलर तथा परामर्श सेवा) सार्वजनिक यातायत प्रयोग गरेर वा साथिभाइको समूह बनाएर राजदूतावास नआउनुहुन अनुरोध छ ।
- वहिर्गमन भीसाको सेवाका लागि भनि हरेक शुक्रवार राजदूतावास खोल्ने गरिएकोमा सो हाललाई बन्द गरिएको छ ।
- सरकारले Saudi Center for Disease Prevention and Control लाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । अतः रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वाशमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिने प्रयास गर्नुहुन अनुरोध छ । आफूले कामगर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्नुहोस् ।
यस रोगको संक्रमणको शंका भएमा तुरुन्तै साउदी सरकारले उपलव्ध गराएको Health Service Centre को टेलिफोन नं ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहुन समेत अनुरोध छ ।
- रुघा खोकी लागेका, ज्वरो आएका तथा स्वासप्रस्वाशमा समस्या देखिएका जो कोहीसंग पनि सजगताका साथ व्यवहार गर्नुहोस् र केही दुरीमा बस्नुहोस् ।
- यो रोगको संक्रमणमा कमी आएको आधिकारिक सूचना यहांका अधिकारीहरुले नदिएसम्म यो गम्भीर सरुवा रोगबाट बच्न आफू चनाखो र सजग रहनुहोस् । नियमित हात धुनुहोस्, हात मिलाउन छोड्नुहोस्, खोक्दा तथा हाछ्युं गर्दा अनिवार्य रुमाल वा टिस्युले नाक र मुख छोप्नुहोस् । सो उपलव्ध नभएमा हातको कुहिनाको भित्रिभागमा नाकमुख राखि गर्नुहोस् । मादक पदार्थ सेवन नगर्नुहोस् ।
- चराचुरूङगी तथा जनवारलाई नछुनुहोस् । कामका सिलसिलामा छुनुपरेमा प्लाष्टिकको पञ्जा प्रयोग गर्नुहोस् । मासु तथा अण्डा राम्रोसंग पकाएर मात्र खानुहोस् ।
- यो रोगको नियन्त्रणमा साउदी सरकार संवेदनशील र गम्भीर भइ नियन्त्रणका सबै उपायहरुलाई क्रमशः कार्यान्वयन गर्दै गइरहेको हुंदा कतिपनि हतास नभइ सचेत भइ आफ्नो नियमित कामहरु गर्नुहोस् । राजदूतावाससंग नियमित सम्पर्कमा रहनुहोस् । राजदूतावासका मोवाइल नम्वर सहितका टेलिफोनहरु वेभसाइटमा छन्
- यस राजदूतावासले व्यक्तिको उपस्थितिमा गर्दै आएको मागपत्र प्रमाणिकरणको कार्य यहि चैत्र २, २०७६ (मार्च १५, २०२०) देखि अनलाइन प्रणालीबाट मात्र गर्ने समेत साउदी अरबमा रहनुभएका सबै नेपालीहरुलाई पुनः जानकारी गराइन्छ ।
नेपाली राजदूतावास
रियाद ।
२०७६।११।२९