GOSI सम्बन्धी जानकारी
GOSI (General Organization of Social Insurance) सामाजिक सुरक्षा बीमा समम्बन्धमा वारम्वार सोधिने प्रश्नहरू
GOSI के हो ?
GOSI को पूर्ण रूप General Organization of Social Insurance हो । यो सामाजिक सुरक्षा वीमा हो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा आफ्नो ड्यूटी गर्ने क्रममा दुर्घटना (work-related accident) मा परी अंगभंग भएका श्रमिक वा मृत्यवरण गर्नुभएका श्रमिकको परिवारले पाउने बीमालार्इ सामाजिक सुरक्षा बीमा (social insurance, GOSI) भनिन्छ ।
GOSI को रकम के हो कसरी जम्मा हुन्छ?
साउदी अरेवियाको विद्यमान श्रम कानून अनुसार रोजगारदाताले आफ्नो कम्पनीमा कार्यरत सम्पूर्ण श्रमिकहरूलार्इ अनिवार्य रूपमा GOSI मा आवद्ध गराउनु पर्दछ । यसरी आवद्ध भएका श्रमिकहरूको प्रत्येक महिनाको तलव र आवास भत्ता वापतको रकमबाट दुर्इ प्रतिशतले हुने रकम सामाजिक सुरक्षा बीमा प्रयोजनको लागि कट्टा गरिएको हुन्छ ।
GOSI कसरी गणना गरिन्छ?
यो योजनामा आवद्ध कुनै श्रमिक कार्य दुर्घटनामा परी मृत्यु भएमा उक्त श्रमिकको ८४ महिना वरावरको तलव बढिमा ३,३०,०००।०० साउदी रियाल सम्म घार्इत वा मृत्यु भएका श्रमिकका हकवालालार्इ दामासाहीले भुक्तानी हुन्छ । यदि कार्यदुर्घटनामा परेको श्रमिकको अपाङ्गताको प्रतिशत ५० देखि ९९ सम्म भएमा ६० महिनासम्मको तलव बढिमा १,६५,०००।०० साउदी रियाल सम्म श्रमिकले प्राप्त गर्ने, अन्यको हकमा नियमानुसार हुने गरी गणना हुन्छ ।
मृतकका हकवालाले कति कति रकम प्राप्त गर्छन?
यदि मृतकको हकवाला एक जनामात्र भएमा मृतकले पाउने GOSI रकमको ५० प्रतिशत, दुर्इजना भएमा ७५ प्रतिशत र तीन जना वा सो भन्दा बढी भएमा १०० प्रतिशत रकम सबैजना हकवालाहरूलार्इ दामासाहीले निजहरूको वैंक खातामा सोझै भुक्तानी हुने व्यवस्था रहेको छ ।
GOSI पाउने हकदार को को हुनसक्छ?
मृतकको पत्नी वा पति, छोराहरू, अविवाहित छोरीहरू, बा-आमा, हजुरबुवा-हजुरआमा, दाजु-भाइ, अविवाहित दिदी-वहिनी, नाति तथा अविवाहित नातिनीहरू
GOSI रकम प्राप्त गर्नको लागि आवश्यक पर्ने कागजात के के हुन्?
यस वापत मृतकको परिवारले उक्त बीमा रकम दावी गर्दा पेश गर्नुपर्ने कागजातको सूची निम्नानुसार छ ।
तपसीलः
१. रितपूर्वक सफा र स्पष्टसँग भरी नोटरी पब्लिकबाट प्रमाणित गरेको गोसी (General Organization for Social Insurance- GOSI) फाराम ।
तल सि.नं. २ देखि ५ सम्म तयार गर्नुपर्ने कागजातहरू अंग्रेजी भाषामा पनि भएमा नोटरी पब्लिकबाट प्रमाणित मात्र गरे हुन्छ यदि नेपाली भाषामा मात्र भएमा यसलार्इ अंग्रेजीमा अनुवाद गरी नोटरी पब्लिकबाट प्रमाणित गर्नुपर्ने)
२. मृतकको पत्नी वा पतिको विवरण(Data concerning widows section) अन्तर्गत चाहिने कागजात
नोटः मृतक महिला भएमा- माथि उल्लेख गरेबमोजिम निजको पतिको विवरण र आवश्यक कागजात
३. मृतकको छोरा तथा दाजुभाइको विवरण(Data concerning sons and brothers) अन्तर्गत चाहिने कागजात
नोट: मृतक अविवाहित भएमा- दाजुभाईको जन्म दर्ता र नागरिकता । २६ वर्ष भन्दा बढी उमेरका छोरा तथा दाजुभाइले कुनै रकम नपाउने । छोरा वा दाजुभाई २१ वर्षदेखि २६ वर्षबीचको उमेरको भएमा उनीहरु पढ्दै गरेको भएमात्र रकम पाइने त्यसका लागि अध्ययनरत रहेको प्रमाण पेश गर्नुपर्ने, अन्यथा रकम नपाइने ।
४. मृतकको छोरी तथा दिदीबहिनीको(Data concerning daughters and sisters) अन्तर्गत चाहिने कागजात
नोटः मृतक अविवाहित भएमा- दिदीबहिनीको जन्म दर्ता र नागरिकता । अविवाहित छोरी वा दिदीबहिनीले मात्र रकम पाउने ।
५. मृतकको बुबाआमाको विवरण(Data concerning parents) अन्तर्गत चाहिने कागजात
अन्य आवश्यक कागजातहरू
कागजात तयार गर्दा विशेष ध्यान दिनुपर्ने विषयः
तयार भएको काजगात GOSI सम्म कसरी पुर्याउने/पठाउने?
माथि उल्लेख गरिए अनुसारका कागजात तयार गरी सिधै GOSI कार्यालयको इमेल ठेगाना compensation_ri@gosi.gov.sa मा पठाउने र gosiksa@mofa.gov.np मा BCC गरिदिने जस्ले गर्दा दूतावासलार्इ case follow up गर्न सजिलो हुन्छ । कुनै नपुग कागजात वा अन्य विषयमा केही जानकारी लिनुपर्ने भएमा GOSI कार्यालयले इमेल मार्फत नै सम्पर्क गर्ने भएकोले समय समयमा आफ्नो इमेलमा अद्यावधिक रहने । आफूलार्इ GOSI सम्बन्धमा कुनै जिज्ञासा भएमा पनि सोही इमेलबाट पठाउन सकिने र नियमानुसार प्राप्त हुने रकम आफ्नो बैक खातामा जम्मा नभएसम्म निरन्तर सम्पर्कमा रहने।
यदि इमेलमार्फत सिधै कागजात पठाउन नसकिएमा तयार भएका सम्पूर्ण कागजातहरू नेपाल सरकार परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागमार्फत राजदूतावासमा पठाउने । यसरी कागजातहरू प्राप्त भएपश्चात राजदूतावासले आवश्यक चेकजाँच गरी पूर्ण भएमा GOSI कार्यालयमा बुझाउने र नियमानुसार प्राप्त हुने रकम सम्बन्धित हकवालाहरूको बैक खातामा जम्मा नभएसम्म निरन्तर सम्पर्क गरिरहने।
नेपाली राजदूतावास, रियाद
२०८१।०२।३१