अधिकृत वारेशनामाका लागि आवश्यक कागजातहरु

अधिकृत बारेशनामाका लागि आवश्यक पर्ने निम्न कागजातहरु लिई राजदूतावासमा स्वयं उपस्थित हुनुहोला ।

  • अधिकृत वारेशनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी
  • अधिकृत वारेशनामा लिने व्यक्तिको नागरिकताको फोटोकपी
  • सक्कल राहदानी
  • इकामाको फोटोकपी
  • अधिकृत वारेशनामा दिने व्यक्तिको हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
  • जग्गा बिक्री गर्ने अधिकृत वारेशनामाका लागि सक्कल जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा)
  • सम्बन्ध बिच्छेद गर्ने अधिकृत वारेशनामाका लागि सक्कल/नोटरी प्रमाणित बिवाह दर्ता प्रमाणपत्र
  • अन्य सम्पत्ति (जस्तै: मोटरसाइकल) बिक्री गर्ने अधिकृत वारेशनामाका लागि उक्त सम्पत्तिको स्वामित्वको सक्कल प्रमाणपत्र
  • अधिकृत वारेशनामा प्रमाणिकरण दस्तुर यस प्रकार छ:
    • मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (2) बमोजिम मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा साउदी रियल १५/-
    • मुलुकी देवानी कार्यविधि संहिता, 2074 को दफा १५४ बमोजिम अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने सम्बन्धी अख्तियारनामाको हकमा तीन पुस्ताभित्रमा हक हस्तान्तरण गर्ने भए साउदी रियल १५/- र तीन पुस्ताबाहेक अरूलाई सम्पत्ति बिक्रि गर्ने वा हक छाडिदिने गरीको भए साउदी रियल १४५/-