साउदी अरवमा काम गरिरहनु भएका तथा काम गर्ने चाहाना राख्नु भएका इजाजतपत्रवालाहरूको लागि अनुरोध ।

यस राजराजदूतावासले मागपत्र प्रमाणीकरण सम्बन्धी कामलार्इ व्यवस्थित, नियमित, पारदर्शी र प्रभावकारी  ढंगले सम्पादन गर्न एवं नेपाल सरकार (मन्त्रिपरिषद्) ले साउदी अरवमा आउने नेपाली कामदारहरूका लागि निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक कार्यान्वय उद्देश्यका साथ गत जनवरी २०२१ देखि अनलार्इन प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गरिरहेको व्यहोरा
विदितै छ ।

अनलाइन प्रणाली शुरूगरेदेखि हालसम्म राजराजदूतावासबाट विभिन्न रोगजारदाता कम्पनीले पेश गरेका १३००० भन्दा बढि मागपत्रबाट (एक लाख चालीस हजार नेपाली कामदारको लागि) प्रमाणीकरण भर्इसकेको छ ।  यसै क्रममा नेपालका करीव ६०० वटा इजाजतपत्रवालासंस्थाहरू तथा ११००० भन्दा बढि रोजगारदाता कम्पनीसँग सहकार्य भएको छ ।

 

यसरी प्रमाणित गरिएका मागपत्रबाट साउदी अरव आएका खासगरी नयाँ कामदारहरूले रोजगार करारपत्रमा उल्लेख भए अनुसारको काम, तलव भत्ता लगायतका सेवा सुविधा नपाएकोले सो उपलब्ध गराइपाँउ वा उद्वार गरी नेपाल फर्काउन सहयोग गरी पाँउ भनी लिखित/मौखिक तथा राजदूतावासमा स्वंय नै उपस्थित भएर वा निजहरूका परिवारका सदस्यहरूमार्फत वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग लगायतका सरकारी निकाय तथा विभिन्न मिडियाहरूमार्फत अनुरोध गर्नेको संख्या हालैको दिनमा उल्लेख्य वृद्धि भएको छ । अत: आगामी दिनमा आर्इ पर्ने यस्ता समस्याहरूको न्यूनिकरण तथा समाधानमा सहकार्य गर्न सम्बन्धित सबै इजाजतपत्रवाला संस्थाहरूलार्इ  कुनै रोजगारदाता कम्पनीको मागपत्र स्वीकार गर्नु भन्दा अगाडि र साउदीस्थित कुनै रोजगारदाता कम्पनीमा कामदार पठाइसके पछि उक्त कामदारहरूले करार अवधि पुरा गरी स्वदेश नफर्कदासम्म निम्नानुसार गर्न/गराउनुहुन अनुरोध छ ।

 

रोजगारदाता कम्पनीको मागपत्र स्वीकार गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने विषयहरू:

  • मागपत्र पेश गर्ने कम्पनीमा यस अगाडि नेपाली कामदार कार्यरत भए /नभएको एकिन गर्ने र कार्यरत भएको भएमा निजहरूले सम्बन्धित Job category को लागि नेपाल सरकार (म.प.) बाट मिति २०७५/०६/१९ को निर्णय बमोजिमको न्यूनतम तलव र अन्य सुविधा प्राप्त गरिरहेको सुनिश्चित गर्ने,
  • मागपत्र पेश गर्ने कम्पनीमा यस अगाडि कार्यरत सम्पूर्ण नेपाली कामदारको सम्पर्क नं सहितको सूचि र तिनीहरूले नेपाल सरकारले तोकेबमोजिमको न्यूनतम सेवा सुविधा प्राप्त भैरहेको प्रमाणित हुने कागजात अनिवार्य रूपमा मागपत्रसाथ पेश गर्ने/गर्न लगाउने,
  • कुनै रोजगारदाता कम्पनीले यस अगाडि कुनै इजाजतवाला कम्पनीलार्इ कामदार ल्याउन अनुरोध गरी राजराजदूतावासको अनलाइन प्रणालीमा मागपत्र प्राप्त भैसकेपछि कुनै कारणवस उक्त मागपत्र रद्द गरी नयाँ इजाजतवाला संस्थालार्इ पुनः अनुरोध गरेमा पहिला मागपत्र पेश गर्ने इजाजतवाला संस्थाबाट अनिवार्य रूपमा No Objection Letter संलग्न गर्ने/गराउने,
  • सम्बन्धित रोजगारदाता कम्पनीको उच्च व्यस्थापन (मालिक-कपिल वा CEO) सँग सोझै वार्ता गरी सम्बन्धित पदको लागि नेपाल सरकारले तोकेको न्यूनतम तलव सुविधा लगायत मागपत्र र रोजगार करारपत्रमा उल्लेख भएका शर्तहरूको पूर्ण पालना हुने सुनिश्चित गर्ने ।
  • साउदी निकायले कम्पनीहरूलार्इ गरेको वर्गीकरण अनुसार Low Green अवस्थामा रहेका कतिपय कम्पनी छिट्टै Red मा   गएको समेत देखिएको र यस्ता कम्पनीमा काम गर्ने नेपाली कामदारले धेरै दुःख पाउने गरेको देखिएकोले ठूलो संख्यामा कामदार माग गर्ने कम्पनी Low Green वा सो भन्दा तलको अवस्थामा भएमा उक्त कम्पनीको मागपत्र प्रमाणिकरणको काम नगरीने हुँदा सो को समेत एकिन गर्ने,
  • यस अगाडि नेपाली कामदारलार्इ एयरपोर्टमा लिन नै नआर्इ अलपत्र पारेका, करार पत्र अनुसारको सेवा सुवीधा, काम उपलब्ध नगराएका, करार अवधि समाप्त भएपछि पनि वहिर्गमन भिसा उपलब्ध नगराएका, आवासीय अनुमति पत्र नबनाइदिएका वा समयमा नवीकरण नगरिदिएका लगायत जुनसुकै कारणले नेपाली कामदारलार्इ दुःख दिएका कम्पनीको मागपत्र प्रमाणिकणको काम नगरिने हुँदा सो विषय समेत एकिन गर्ने, (समस्या भएका कम्पनीको अद्यावधिक सूचि इजाजतपत्रवाला संस्थाको इमेलमा समय-समयमा उपलब्ध गराइने छ।)
  • साउदी अरवमा सवारी चालक पदमा, Operation and Maintenance Company र Contracting Company मा काम गर्ने आउने नेपाली कामदार अन्यको तुलनामा धेरै समस्यामा पर्ने गरेको अनुभव समेतको आधारमा उक्त पद/कम्पनीको माग सकेसम्म स्वीकार नगर्ने र यदि स्वीकार गर्नै पर्ने अवस्थामा नेपाली कामदारले पाउने सेवा सुवीधा र कामको सुनिश्चता गरेर मात्र त्यस्ता कम्पनीको मागपत्र स्वीकार गर्ने ।
  • आफ्नो नाममा मागपत्र बनाउने रोगजारदाता कम्पनीलार्इ https://demand.nepalembassy.gov.np/index.php मा अनुरोध गरिए अनुसारको प्रक्रिया पुरा गरी सोही अनुसारको मागपत्र तयार गरी पेश गर्न लगाउने ।

कामदार पठाइसकेपछि कामदारको सम्पर्कमा रहने सम्बन्धमाः

  • राजराजदूतावासमा प्राप्त हुने अधिकांश गुनासोमा रोजगारदाता कम्पनीले करार बमोजिमको सेवा सुवीधा र काम नदिएको हुँदा सो उपलब्ध गराइदिन सम्बन्धित इजाजतपत्रवाला संस्थालार्इ पटक-पटक अनुरोध गर्दा समेत वेवास्ता गरेको भन्ने गरेका, कतिपय रोगजारदाता कम्पनीलार्इ राजदूतावासले सम्पर्क गर्दा समेत सम्पर्क नहुने हुँदा सम्बधित इजाजतपत्रवाला संस्थालार्इ रोजगारदाता कम्पनीमा सम्पर्क गरी कामदारको समस्या समाधान गर्न अनुरोध गर्दा सम्बन्धित इजाजतपत्रवाला संस्थालार्इ समेत रोजगादाता कम्पनीको आधिकारिक व्यक्तिको सम्पर्क थाहा नहुनेसम्मको तितो अनुभव रहेको सन्दर्भमाः

कुनै पनि रोजगारदाता कम्पनीमा कामदार पठाइसकेपछि आफ्नो इजाजतपत्रवाला संस्थाबाट कामदार पठाएको कम्पनीको आधिकारिक व्यक्तिको विस्तृत सम्पर्क विवरण र आफूले पठाएका नेपाली कामदारको सम्पर्क विवरण अद्यावधिक गरी राख्न, समय समयमा अद्यावधिक विवरण राजदूतावासलार्इ उपलब्ध गराउन, कामदारहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन तथा निजहरूलार्इ कुनै समस्या भएमा सम्बन्धित रोजगारदाता कम्पनीसँग समन्वय गरी यथाशिघ्र समाधान गर्न समेत अनुरोध छ ।

नोटः माथि उल्लेख गरिएका विषयहरूका अतिरिक्त राजदूतवासबाट विभिन्न मितिमा पठाइएका इमेलमा उल्लेख भएका विषयहरू र मागपत्र प्रमाणिकरण सम्बन्धमा राजराजदूतावासको वेवसाइटमा अपलोड गरिएका सूचनाहरूमा उल्लेख भएका विषयहरू मनन गरी सोही अनुसारको प्रक्रिया पुरा भए/नभएको एकिन गरी कम्पनीको मागपत्र स्वीकार गर्नुहुन राजराजदूतावास पुनः अनुरोध गर्दछ । उल्लेखित प्रक्रिया पुरा नगरी प्राप्त हुन आएका मागपत्र र कुनै इजाजतपत्रवाला संस्थाले पठाएका नेपाली कामदारले मागपत्र/रोजगार करार पत्रमा उल्लेख भए अनुसारको सेवा/सुवीधा उपलब्ध नभएको भनी राजराजदूतावासमा लिखित उजुरी गरेमा त्यस्तो गुनासो संवोधन नगर्ने इजाजतपत्रवाला संस्थाले पेश गरेका नयाँ मागपत्र उपर कार्वाही गर्न राजदूतावास वाध्य हुने छैन । राजराजदूतावासले संचालनमा ल्याएको अनलार्इन प्रणाली लगायत मागपत्र प्रमाणिकरणको सम्पूर्ण कामलार्इ थप व्यवस्थित सहज र सरल बनाउने सम्बन्धमा कुनै रचनात्मक सुझाव भएमा राजराजदूतावासको इमेल ठेगाना demandriyadh@gmail.com  र कामदारका समस्या तथा समाधान सम्बन्धी विषयको लागि labourksa@mofa.gov.np मा इमेल पठाउनु हुन समेत अनुरोध छ ।