साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना………..

साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना

साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travelers) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको जानकारी दूतावासको मिति ११ जेठ २०७८ को सूचनाबाट सम्बन्धित सबैलाई अवगत गराइएको थियो  ।

सात दिनको संस्थागत क्वारेन्टिन बापत करिब ३,५००।– साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले तत्कालै साउदी सरकारसँग कुरा गरी साउदी आउने नेपाली कामदारले संस्थागत क्वारेन्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । यस विषयमा दूतावासले निरन्तर पहल गरिरहेको थियो । साउदी अरबमा आउने कामदारहरूको संस्थागत क्वारेन्टिन खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने  औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको छ ।

तसर्थ, साउदीमा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको हुँदा छुट्टीमा घर गएर साउदी फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टिनको खर्चका बारेमा आ-आफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ । साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकोले क्वारेन्टिनका नाममा हुनसक्ने संभाव्य ठगीबाट बच्नु हुन समेत अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद ।
१४ असार २०७८

إعلان عن تحمل صاحب العمل تكاليف الحجر المؤسسي بالمملكة

لقد أعلنت السفارة بتاريخ 25/05/2021م عن نظام الحجر المؤسسي المطبق بالمملكة العربية السعودية ابتداءً من 20 مايو 2021م لمن يدخل المملكة من غير المحصنين من العمال والفئات المستثناة حسب إعلان الجهة المختصة بالمملكة.

ولما تبلغت السفارة عن تكلفة الحجر المؤسسي بمبلغ وقدره 3500 ريال سعودي بعثت للجهة المختصة بالمملكة طلب إعفاء تكاليف الحجر المؤسسي عن العمال النيباليين، وحسب إفادة الجهة المختصة بالمملكة (أن صاحب العمل يتحمل تكاليف الحجر المؤسسي للعمالة الخاضعين لنظام العمل السعودي …).

عليه، بإمكان العمال الذين يرغبون العودة إلى المملكة العربية السعودية بعد قضاء إجازاتهم التواصل مع أصحاب العمل بهذا الشأن، كما أن العمال الجدد ينتبهون إلى ذلك وعدم دفع تكاليف الحجر المؤسسي بناءً عليه.

سفارة نيبال بالرياض

28 يونيو 2021م