रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध

रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध

नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको छ। रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ । नेपाली राजदूतावास रियादले नेपाल सरकारको यसै निर्णयमा आधारित भएर कामदार मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेको हुंदानेपालबाट वैदेशिक रोजगारीमा यहां आउने कामदारहरुको जीविकोपार्जन थप खर्चिलो बन्दै गएका कारण नेपाल सरकारले यो न्यूनतम मासिक पारिश्रमिकको निर्णय गरेको हो ।

नेपाल सरकारको निर्णय बमोजिम मागपत्र प्रमाणिकरणको कार्य यस राजदूतावासबाट भइरहेको अवस्थामा नेपालका कतिपय इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुले नेपाल सरकारको निर्णय र राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल गैरकानूनी रुपमा छुट्टै सम्झौता गरी कामदार पठाउने गरेका जानकारीप्राप्त भएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकमभन्दा कम हुनेगरीगैरकानूनी हिसावमाकुनै छुट्टैसम्झौता गरेर कामदार साउदी अरव आएमा यहाँ आएकै दिनबाट समस्यामा पर्ने र समस्यामा परेकाहरुको उद्वार तथा समस्या समाधानगर्न अत्यन्त कठीन हुने हंदा यसमा पूर्ण सजगता अपनाउन आवश्यक रहेको छ ।

तसर्थ, दोहोरो सम्झौता नगरी र कुनै प्रलोभनमा नपरी नेपाल सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक रोजगारीका लागि साउदी अरवआउने तर्फ विचार गर्नुहुन सम्बन्धित सबैमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।

नेपाली राजदूतावास
रियाद
साउदी अरव
२०७६।३।४