राहदानी सेवाको लागि मात्र दूतावास खुल्ला रहनेसम्बन्धी सूचना !

राहदानी सेवाको लागि मात्र दूतावास खुल्ला रहनेसम्बन्धी सूचना !

यस राजदूतावासको फ्रन्ट डेस्क (सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आई काम गर्नुपर्ने ठाउँ) मा खटिने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दूतावासमा आउने सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सेवाग्राही भौतिकरुपमा दूतावासमा उपस्थित भई लिनुपर्ने सेवाहरू विगत केही समयदेखि स्थगन गरिएको व्यहोरा यहाँहरुलाई अवगत नै छ ।

संक्रमित मध्ये हालसम्म एकजना कर्मचारी कोरोना संक्रमणबाट मुक्त हुनु भएको छ भने अन्य कर्मचारीहरू अझै आइसोलेसनमा हुनहुन्छ । दूतावासको कन्सुलर र राहदानी सेवा क्रमशः खुलाउने निर्णय भएबमोजिम आगामी आइतबार ३० मे २०२१ देखि स्वास्थ्यसम्बन्धी विशेष सावधानी अपनाउँदै सिमित कर्मचारी खटाई राहदानी सेवा खुल्ला गर्ने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

राहदानी सेवा बाहेक मागपत्र प्रमाणीकरण लगायत दूतावासबाट प्रदान हुने अन्य सेवाहरू अर्को सूचना नभएसम्मको लागि स्थगित नै रहनेछन्

राहदानी सेवा निम्न तालिका बमोजिम प्रदान हुनेछः

  • राहदानी नविकरण गर्ने – आइतबारदेखि बिहिबारसम्म (सार्वजनिक विदाको दिन बाहेक)
  • बनेर आएको नयाँ राहदानी बुझिलिने – बिहिबार र शुक्रबार मात्र ।

बढ्दो कोरोना संक्रमणका कारण तत्काललाई दूतावासभन्दा बाहिर अन्यत्र कुनैपनि शहरमा गएर राहदानी आवेदन संकलन गर्न सक्ने संभावना नरहेको हुंदा राहदानी नविकरण गर्न चाहनेहरूले राजदूतावासमै आउनु पर्नेछ । साथै,  राहदानी नविकरणको लागि आउँदा– सक्कल राहदानी, त्यसको एकप्रति फोटोकपि र नागरिकताको फोटोकपि अनिवार्यरुपमा साथमा लिएर आउनुहोला । दूतावासमा फोटोकपि गरिने छैन ।

नोटः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि साउदी सरकारले जारी गरेका निर्देशन तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु हामी सबैको कर्तव्य हो । दूतावासको प्रांगणभित्र पनि भौतिक दुरी कायम गर्नुपर्ने र भिडभाड गर्न नहुने हुंदा राहदानी नविकरणका लागि आउने र नयाँ राहदानी लिन आउने व्यक्तिहरू बाहेक अन्य व्यक्तिलाई दूतावासको प्रांगणभित्र छिर्न अनुमति दिइने छैन

The Embassy’s services, except passport renewal, including demand attestation shall remain suspended until further notice.

بهذا تفيد سفارة نيبال بالرياض بأنها باستثناء خدمة تجديد جواز السفر ستظل معلقة جميع خدماتها بما في ذلك تصديق طلبات العقود وذلك إلى حين إشعار آخر.

 

Embassy of Nepal, Riyadh
26 May 2021