राजदूतावासको लागि जग्गा खरिद सम्झौता सम्पन्न भएको बारे

प्रेस विज्ञप्ति

विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्देजाने नेपाल सरकारको घोषित नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली राजदूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रकृया सम्पन्न भयो ।

जग्गा खरिदसम्बन्धी उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट यस राजदूतावासका कार्यवाहक राजदूत श्री दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट Royal Commission for Riyadh City (RCRC) का प्रमुख कार्यकारी अधिकृत Mr. Fahd Abdul Mohsen Al-Rasheed ले हस्ताक्षर गर्नु भयो । दुई देशका सरकारबीच खरिद-बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३,६६४ वर्ग मिटर रहेको छ ।

नेपाली राजदूतावास, रियाद ।
०९ कार्तिक २०७८