नेपाल सरकारले साउदी अरवमा काम गर्न आउने नेपालीहरुका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा नपाएका गुनासाहरु सम्बन्धमा नेपाली राजदूतावासको विज्ञप्ति

 नेपाल सरकारले साउदी अरवमा काम गर्न आउने नेपालीहरुका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा नपाएका गुनासाहरु सम्बन्धमा नेपाली राजदूतावासको विज्ञप्ति ।

नेपाल सरकारले गत वर्ष नेपाल राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरवमा विभिन्न रोजगारीमा आउने नेपालीहरुका लागि न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सम्बन्धित सबैमा जानकारी नै छ । यो निर्णयको कार्यान्वयनमा महत्वपूर्ण भूमिका इजाजतपत्रवालाहरु(म्यानपावर व्यवसायी) को छ भने रोजगारीमा आउने नागरिकरुको उत्तिकै जिम्मेवारी रहेकोमा सवैले मनन गर्नुपर्ने तथ्याङकले देखाएको छ । यस राजदूतावासले गएको करिव एक वर्षको अवधिमा नयां पारिश्रमिक र सुविधाका सम्बन्धमा सामयिक सूचनाहरु प्रकाशित गरी सर्वसाधारणमा जानकारी गराउदै आएको छ । पारिश्रमिक र सुविधा सम्बन्धी नेपाल राजपत्रमा उल्लेख विवरण राजदूतावासको वेभसाइट sa.nepalembassy.gov.np मा गत वर्ष नै राखिएको थियो ।

नेपाल सरकारले गरेको व्यवस्था कार्यान्वयनमा मिश्रित उपलव्धि हासिल भएको छ । पारिश्रमिक सम्बन्धी पछिल्लो व्यवस्था अनुसार पारिश्रमिक नपाएका गुनासाहरु र उजुरीहरु नेपाली राजदूतावासको फेसवुक पेज, राजदूतावासको फोन तथा अन्य सामाजिक माध्यमबाट प्राप्त हुने गरेका छन् ।सो अनुसार त्यस्ता म्यानपावर र कम्पनीमा न्यूनतम पारिश्रमिक समायोजन नगरेसम्म थप कामदार ल्याउन रोक लगाउने गरिएको छ । यसरी प्राप्त गुनासा र उजुरीहरुबाट श्रृजित समस्या समाधानमा राजदूतावास क्रियाशील रहिआएको छ । वार्षिक तथ्याङकलाई हेर्दा समस्या समाधानमा धेरै हदसम्म सफलता प्राप्त भएको पनि छ । समस्या समाधानको प्रकृया कठीन भएको र प्रशस्त समय लाग्ने गरेको अनुभवले देखाएको छ । यसमा श्रमिकहरुले दिने सूचना सवैभन्दा महत्वपूर्ण रहेको छ ।

 

तसर्थ, नेपाल सरकारले तोकेको पारिश्रमिक लगायतका निर्णयहरु कार्यान्वयन गर्ने दायित्व श्रमिक लगायत सबै सरोकारवालाहरुको भएको हुंदा सहयोग गरिदिनुहुन अनुरोध गर्दै यस सम्बन्धमा निम्न तथ्यगत सूचनाहरु राजदूतावासको इमेल (eonriyadh@mofa.gov.npnepalembassyriyadh@gmail.com) ह्वाट्सएप(०५५९३८९६००)मा (सम्भव भएसम्मलिखितरुपमा )तथा टेलिफोनबाट दिनुहुन नेपाली राजदूतावास अनुरोध गर्दछ ।

  • आफ्नो नामर ठेगाना, इकामा नम्वर, कार्यरत कम्पनी, कफिल वा जिम्मेवार अधिकारीको नाम र टेलिफोन नम्वर
  • नेपालबाट पठाउने इजाजतपत्रवाला र कम्पनीको नाम, ठेगाना र टेलिफोन नम्वर
  • साउदी अरवमा आएर काम शुरुगरेको मिति,पारिश्रमिक र खाना सुविधा वापत पाएको रकम, अतिरिक्त समय काम      गरेको  भएमा सोको पारिश्रमिक पाए नपाएको सम्बन्धमा तथ्यगत विवरण, तलव बैंकमा जम्मा हुने नहुने लगायतका विवरणहरु
  • साउदी अरव आउनु अगाडि नेपाल सरकारले तोकेको पारिश्रमिक सम्बन्धमा आफूलाई जानकारी भए नभएको
  • नेपालमा इजाजतपत्रवालासंग गरेको सम्झौताको फोटोकपि । नेपालमा दुईखाले सम्झौता गरे नगरेको गरेको भए सोको फोटोकपि
  • साउदी अरवमा आएपछि रोजगारदातासंग छुट्टै सम्झौता गरेको भए सोको फोटोकपि
  • महिला श्रमिकहरुले सम्झौता भन्दा बाहिर हुनेगरी भोगेका समस्याहरु(खासगरी तोकिएको कामभन्दा फरक काम गर्न ड्यूटी स्टेशन र    बासस्थान बाहिर जानु परे नपरेको सम्बन्धमा)
  • सरकारले तोकेको भन्दा धेरै रकम सेवा शुल्क आफन्त, विचौलिया र इजाजतपत्रवालाहरुलाई तिरेको भएमा सो रकमको विवरण र प्रमाणको फोटोकपि
  • रोजगारीका लागि साउदी अरव आउनु अगाडी तपाइलाई यहांको रोजगारीका बारेमा तपाइका आफन्त, विचौलिया र इजाजतपत्रवालाहरुले दिनुभएका जानकारी र हालको अवस्थाका बारेमा तपाइको अनुभव
  • रोजगारीमा साउदी आउन चाहने तपाइका आफन्त,छरछिमेक र साथीभाइलाई साउदी आउनु अगाडि कुन कुन विषयमा धेरै ध्यान दिन अनुरोध गर्नुहुन्छ सो समेत खुलाइदिनुहुन  ।

 

माथिको विज्ञप्तिलाई आ आफ्ना उपयुक्त माध्यमबाट साउदी अरवमा रहेका धेरै भन्दा धेरै नेपाली श्रमिकहरुवीच पु-याउन सहयोग गरिदिनुहुन साउदी अरवमा कृयाशील नेपाली संघ संस्था, समचार संस्थाका संचालकहरु, साउदी अरवको लामो अनुभव हासिल गरेका अनुभवीहरु, नेपाली राजदूतावासका काम कारवाहीहरुलाई नजिकबाट नियाली राजदूतावासलाई सहयोग र सर सल्लाह दिने सम्पूर्ण सामाजिक संघसंस्था, समाजसेवीमहानुभावहरु एवं श्रमिकज्यूहरु सबैमा नेपाली राजदूतावास अनुरोध  गर्दछ । यहांहरुको सकरात्मक सहयोग साउदी अरवमा नेपालको वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन काशेढुंगा हुने अपेक्षा गरिएको छ ।

 

नेपाली राजदूतावास
रियाद ।
२०७६/३/३१

 

 

प्रेस विज्ञप्ती 

१. साउदी अरवका लागि नेपालका महामहिम राजदूत प्रा .डा. महेन्द्रप्रसाद सिंह राजपुतले हिजो मिति २०७६/३/२९ का दिन साउदी अरवको पूर्वी प्रान्तका गभर्नर His Royal Highness Prince  Mohammed bin Nayef bin Abdulaziz Al Saud, संग गभर्नर हाउस दम्माममा शिष्टाचार भेट गर्नुभयो । His Royal Highness संगको भेटका अवसरमा नेपाली श्रमिक समस्याका केही महत्वपूर्णविषय रनेपालको उर्जा, पर्यटन तथा भौतिक पूर्वाधारको विकासमा साउदी सरकारको सहयोग र लगानी तथा नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा साउदी अरवबाट जाने पर्यटकहरुको संख्या वृद्बिका उपायहरुका विषयमा कुराकानी भयो । नेपालका बारेमा प्रशस्त ज्ञान राख्नुभएका His Royal Highnessले साउदी अरवमा रहेका नेपालीहरुले साउदीको विकासमा पु-याएको योगदानको प्रसंशा गर्दै नेपालको विकासमा सहयोग पुर्याउन साउदी सरकार सधैं तयार रहेको बताउनु भयो ।

२. यसैगरी, महामहिम राजदूतले मिति २०७६/३/२६ का दिन साउदी अरवको श्रम तथा सामाजिक विकास मन्त्रालयको पूर्व क्षेत्रीय प्रान्तका लागि दम्माम स्थित कार्यालयका जनरल म्यानेजर Mr. AbdalrohmanFahadAlmuqbelर  अधिकारीहरुसंग भेटगरी पूर्व क्षेत्रमा रहेका नेपाली श्रमिकहरुले केही समय देखि भोग्नुपरेका समस्याहरुका बारेमा कुराकानी गरी समस्याको शीघ्र समाधानमा पहल गर्न अनुरोध गर्नुभयो  । पूर्व क्षेत्र कार्यालयले समस्या बढी भएका केही कम्पनीका पदाधिकारीहरुलाई समेत उक्त छलफलमा बोलाएको थियो । भेटघाटका दौरान नेपाली श्रमिकहरुको न्यूनतम पारिश्रमिक र सुविधाका सम्बन्धमा नेपाल सरकारले गत वर्ष गरेको निर्णय कार्यान्वयन गर्न सहयोग गर्न समेत महामहिम राजदूतले जनरल म्यानेजर लगायतका सरकारी अधिकारीहरुलाई अनुरोध गर्नुभएको थियो ।नेपाली श्रमिकहरुको विद्यमान समस्याहरु समाधान गर्न श्रम तथा सामाजिक विकास मन्त्रालय सधैं कृयाशील रहेको बताउदै जनरल म्यानेजर Mr. AbdalrohmanFahadAlmuqbelले विगत वर्षमा भन्दा यो वर्ष  नेपाली श्रमिकहरुका धेरै समस्या समाधान गरिएको बताउदै यसमा थप प्रयास गरिने बताउनु भएको थियो । माथिका दुवै भेटघाटमा राजदूतावासका नियोग उपप्रमुख दिलिपकुमार पौडेल पनि उपस्थित हुनुहुन्थ्यो ।

 

नेपाली राजदूतावास
रियाद ।
२०७६/३/३०

 

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सबै इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई विदितै छ । रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । सरकारले अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ । नेपाली राजदूतावास रियादले राजदूतावासमा प्राप्त कामदार मागपत्र सम्बन्धी कागजातहरु नेपाल सरकारको निर्णय एवं साउदी सरकारको श्रम कानूनमा उल्लेख निश्चित व्यवस्था अनुसार भए नभएको हेरेर मात्र कागजात प्रमाणीकरण गर्ने गरेको छ ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकका कारण नेपालबाट वैदेशिक रोजगारमा यहां आउने कामदारहरुको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको हुंदा नेपाल सरकारले सात वर्षको अन्तरालमा यो न्यूनतम पारिश्रमिक तोकेको यहांहरुलाई जानकारी नै छ ।

नेपाल सरकारले निर्णय गरेको पारिश्रमिकको कार्यान्वयनका अवस्थाका सम्बन्धमा यस राजदूतावासले नियमित रुपमा स्थलगत भ्रमण, कामदार र कामदारका परिवार, कम्पनी मालिक, व्यवस्थापक, म्यानपावर व्यवसायी, नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका माध्यमबाट जानकारी लिने गरेको छ ।

राजदूतावासले संकलन गरेको पछिल्लो तथ्यांकले साउदी अरवमा नेपाली कामदारहरु पठाउने सन्दर्भमा व्यवसायीहरुवीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना अत्याधिक देखिएको हुंदा नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यावसायीहरुको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने देखिएको छ ।

माथिको पृष्ठभूमिमा साउदी अरवमा रोजगारीका लागि आउने अदक्ष कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खाना सुविधाको साउदी रियाल ३०० हुनेगरी मात्र रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसंग सम्झौता गर्न र नेपाली राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकुल हुनेगरी कुनै पनि सम्झौता नगरी संवेदनशील भई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गरिदिनुहुन साउदी अरवमा कामदार पठाउने सम्पूर्ण इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

 

नेपाली राजदूतावास
रियाद , साउदी अरव
२०७६।३।२४

 

साउदी अरवमा नेपाली कामदार पठाउने इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावास, रियादको अनुरोध

 नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको सम्बन्धमा सबै इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाईविदितै छ । रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । सरकारले अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ । नेपाली राजदूतावास रियादले राजदूतावासमा प्राप्त कामदार मागपत्र सम्बन्धी कागजातहरु नेपाल सरकारको निर्णय एवं साउदी सरकारको श्रम कानूनमा उल्लेख निश्चित व्यवस्था अनुसार भए नभएको हेरेर मात्र कागजात प्रमाणीकरण गर्ने गरेको छ ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकका कारण नेपालबाट वैदेशिक रोजगारमा यहां आउने कामदारहरुको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको हुंदा नेपाल सरकारले सात वर्षको अन्तरालमा यो न्यूनतम पारिश्रमिक तोकेको यहांहरुलाई जानकारी नै छ ।

नेपाल सरकारले निर्णय गरेको पारिश्रमिकको कार्यान्वयनका अवस्थाका सम्बन्धमा यस राजदूतावासले नियमित रुपमा स्थलगत भ्रमण, कामदार र कामदारका परिवार, कम्पनी मालिक, व्यवस्थापक, म्यानपावर व्यवसायी, नेपाली संघसंस्थाका प्रतिनिधि लगायतका माध्यमबाट जानकारी लिने गरेको छ ।

राजदूतावासले संकलन गरेको पछिल्लो तथ्यांकले साउदी अरवमा नेपाली कामदारहरु पठाउने सन्दर्भमा व्यवसायीहरुवीच हुने अस्वस्थ प्रतिष्पर्धाका कारण कामदारहरु न्यूनतम पारिश्रमिकको समस्याको जोखिममा पर्नसक्ने सम्भावना अत्याधिक देखिएको हुंदा नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यावसायीहरुको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने देखिएको छ ।

माथिको पृष्ठभूमिमा साउदी अरवमा रोजगारीका लागि आउने अदक्ष कामदारहरुको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खाना सुविधाको साउदी रियाल ३०० हुनेगरी मात्र रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसंग सम्झौता गर्न र नेपाली राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकुल हुनेगरी कुनैपनि सम्झौता नगरी संवेदनशील भई नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गरिदिनुहुन साउदी अरवमा कामदार पठाउने सम्पूर्ण इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुलाई नेपाली राजदूतावासहार्दिक अनुरोध गर्दछ ।

 

नेपाली राजदूतावास
रियाद , साउदी अरव
२०७६।३।४

 

 रोजगारीका लागि साउदी अरवमा आउनेसोचमा रहनुभएका कामदारहरूमा नेपाली राजदूतावास रियादको जरुरी अनुरोध

नेपाल सरकारको मिति २०७५ आश्विन १९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार साउदी अरवमा रोजगारीको लागि आउने नेपाली नागरिकहरुका लागि कामको प्रकृति अनुसारको न्यूनतम पारिश्रमिक तोकेको छ। रोजगारीका लागि साउदी अरव आउने नेपालीहरु मध्ये अदक्ष कामदारहरुको संख्या अत्याधिक रहेको छ । अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १००० र खानाको लागि साउदी रियाल ३०० हुनुपर्ने निर्णय गरेको छ । नेपाली राजदूतावास रियादले नेपाल सरकारको यसै निर्णयमा आधारित भएर कामदार मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेको हुंदानेपालबाट वैदेशिक रोजगारीमा यहां आउने कामदारहरुको जीविकोपार्जन थप खर्चिलो बन्दै गएका कारण नेपाल सरकारले यो न्यूनतम मासिक पारिश्रमिकको निर्णय गरेको हो ।

नेपाल सरकारको निर्णय बमोजिम मागपत्र प्रमाणिकरणको कार्य यस राजदूतावासबाट भइरहेको अवस्थामा नेपालका कतिपय इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुले नेपाल सरकारको निर्णय र राजदूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल गैरकानूनी रुपमा छुट्टै सम्झौता गरी कामदार पठाउने गरेका जानकारीप्राप्त भएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकमभन्दा कम हुनेगरीगैरकानूनी हिसावमाकुनै छुट्टैसम्झौता गरेर कामदार साउदी अरव आएमा यहाँ आएकै दिनबाट समस्यामा पर्ने र समस्यामा परेकाहरुको उद्वार तथा समस्या समाधानगर्न अत्यन्त कठीन हुने हंदा यसमा पूर्ण सजगता अपनाउन आवश्यक रहेको छ ।

तसर्थ, दोहोरो सम्झौता नगरी र कुनै प्रलोभनमा नपरी नेपाल सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक रोजगारीका लागि साउदी अरवआउने तर्फ विचार गर्नुहुन सम्बन्धित सबैमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।

 

नेपाली राजदूतावास
रियाद साउदी अरव
२०७६।३।४

 

मागपत्र प्रमाणीकरणको लागि नेपाली राजदूतावासमा आउनुहुने नेपाली इजाजतपत्रवाला (म्यानपावर व्यवसायी)हरुमा अनुरोध

साउदी अरवमा नेपाली कामदारहरु पठाउने सम्बन्धी मागपत्र प्रमाणिकरणका लागि नेपाली राजदूतावास, रियादमा इजाजतपत्रवाला (म्यानपावर व्यवसायी) हरुले आफ्नाप्रतिनिधी पठाउदाश्री वैदेशिक रोजगार विभागले जारी गरेको फोटो सहितको परिचयपत्र र सम्बन्धित म्यानपावर कार्यालयले जारी गरेको अधिकारपत्र सहित पठाउनुहुन अनुरोध छ । कार्यालयको प्रमुख स्वयं आउने भएमा वैदेशिक रोजगार विभागको परिचयपत्र पेश गर्नुहुननेपाली राजदूतावास अनुरोध गर्दछ ।

 

नेपाली राजदूतावास
रियाद
२०७६।३।४