नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरु ३१ मे सम्म स्थगित रहनेसम्बन्धी सूचना ………

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरु ३१ मे सम्म स्थगित रहनेसम्बन्धी सूचना

विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि ६ मे २०२१ (मध्यरात) देखि स्थगित गरिएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरू आगामी ३१ मे २०२१ सम्म स्थगित रहने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी सूचनाबाट जानकारी हुन आएकोले सम्बन्धित सबैमा सूचित गरिन्छ।

Notice

This is to inform all the concerned that the suspension period of International schedule flights to and from Nepal has been extended till 31 May 2021 midnight.

नेपाली राजदूतावास, रियाद
२९ वैशाख २०७८ (12 May 2021)