तलव नपाएको तथा अकामा नवीकरण नगरेको लगायतका विषयमा नेपाली राजदुतावासको सूचना

तलव नपाएको, अकामा नदिएको, वहिर्गमन नदिएको लगायतका विषयमा नेपाली राजदूतावासरियादको जरुरीसूचना

 (कृपया यो सूचना रियादमा रहेका धेरै भन्दा धेरै नेपालीहरुमाझ पु-याउन सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ)

 

साउदी अरवमा विभिन्न रोजगारीमा रहनुभएका नेपाली नागरिकहरुले समयमा तलव नपाउने, समयमा अकामा नवीकरण नहुने, सम्झौता अनुसारको काम र  पारिश्रमिक नपाउने,करार अवधि सकिदा समेत एक्जिट(खुरुज निहाइ) वा रिइन्ट्री(खुरुज आहुदा)नलगाउने, विभिन्न कागजातहरुमा कामदारहरुले कागजातको विषयवस्तु भाषा नै नवुझी सहीछाप गर्ने गराउने लगायतका समस्यामा परेका प्रशस्त गुनासाहरु राजदूतावासमा आउने गरेका छन् । यी गुनासाहरुको सम्वोधनका सिलसिलामा राजदूतावासले विभिन्न समयमा साउदी सरकारका सम्बन्धित अधिकारीहरुसंग कुराकानी गर्दै आएको छ । साउदी अधिकारीहरुबाट समेत समस्या समाधानमा सहयोग प्राप्त हुदै आएको छ। तर श्रमिकहरुको कुराकानीका क्रममा साउदी अधिकारीहरुले नेपाली कामदारहरुबाट आफूलाई परेका समस्याका सम्बन्धमा समयमै सम्बन्धित निकाय(नजिकका साउदी श्रम अफिस/श्रम अदालत) मा उजुरी नगरेको कारणले समस्या समाधान जटील बन्ने गरेको बताउनु भएको छ ।

 यसर्थ, निम्न अवस्थामा आफू कार्यरत क्षेत्रकाश्रम अफिस/श्रम अदालतमा गइ निवेदन दिनुहुन र सोको जानकारी नेपाली राजदूतावास रियाद/महावाणिज्यदूतावास जेद्दामा समेत गराउनुहुन अनुरोध छ । श्रम अफिस/श्रम अदालतको सूची संलग्न छ ।

 

  • ३ महिना भन्दा बढी समय काम गरेको अवधिको तलब नदिएमा,
  • तीन महिना भन्दा बढी अवधि परिचयपत्र(Iqama) नबनाएमा वानविकरण नगरेमा ।
  • तीन महिना भन्दा बढी अवधिसम्म काम वा अन्य सेवा सुविधा नदिएमा,
  • अकामा जारी वा नविकरण वा पारिश्रमिक वा काम साउदी अरब आएको ९० दिन सम्म पनि नदिएमा ।

 

यसका लागि

  • लामो अवधि अकामा नविकरण नगरी नवस्नुहोस । एकवर्ष भन्दा वढी अकामा नविकरण नभएमा नविकरण लागत वढी भइ कफाला गर्न वा नविकरण पनि नगर्ने अवस्था हुन्छ । यस अवस्थामा आफू अलेखबद्ध (undocumented) हुने भएकोले विभिन्न कानूनी जटिलता आउदछन् । यसर्थ,अवस्था हेरी ३ महिनामै श्रम कार्यालयमा दावी गरी तुरून्तै कफाला गर्न वा कम्पनीको अवस्था अनुसार थप कारवाहीमा जानु राम्रो र सहज हुन्छ ।
  • ३ महिनासम्म करार बमोजिमको सेवा सुविधा नदिएमा वा अकामा समयमा जारी वा नवीकरण नगरेमा साविकको स्पोन्सरको स्विकृति नलिइ अर्को स्पोन्सर कम्पनीमा स्थानान्तरण (कफाला)गर्न सकिन्छ । यस्तो अवस्थामा नयाँ स्पोन्सर र कामदारले श्रम कार्यालयको स्वीकृतिमा कफाला गर्नसक्दछ ।
  • करार अवधि/अकामाको अवधि सकिनुभन्दा ३ महिना अगाडि सम्बन्धित कामदारले एक्जिट (खुरुज निहाइ) वा रिइन्ट्री (खुरुज आहुदा) के चाहने हो सो खुलाइ रोजगारदाता कम्पनीका सम्बन्धित अधिकारी समक्ष लिखित आवेदन  गर्नुहोस् । सो आवेदनको जानकारी नेपाली राजदूतावास/महावाणिज्यदूतावासमा दिनुहोस् ।

 

 

सम्पर्कका लागि

साउदी श्रम मन्त्रालयको निशुल्क कल सेन्टरको नम्वरः १९९११

Email Address:info@mlsd.gov.sa
Post Code: 12484
Zip Code: 11157

सम्बन्धित क्षेत्रका श्रम कार्यालय र सम्पर्क नम्वरहरुको सूची

 

S.No

 

Labour Offices Tel No.
1. Riyadh 011-
2. Al Kharj 011-5448231
3. Al Duwadimi 011-6431803
4. Al Majmaah 016-4321724
5. Wadi Al Dawasir 011-7840264
6. Al Zulfi 016-4220235
7. Shaqra 011-6221342
8. Buraydah, Al Qassim 016-3250387
9. Unayzah 016-3640285
10. Al Rass 016-3333502
11. Hail 016-5321139
12. Dammam 013-8261419
S.No Labour Offices Tel No.
13. Al Ahsa 013-5820835
14. Hafar Al Baten 013-7220220
15. Al Khobar 013-8641541
16. Buqayq 013-5661324
17. Al Jubail 013-3620450
18. Al Khafji 013-7660380
19. RasTannurah 013-6670424
20. Sakaka, Al Jouf 014-6241766
21. Al Qurayyat 014-6421108
22. Turayf 014-6521029
23 Arar 014-6627128

 

 

देहायका क्षेत्रमा काम गर्नुहुनेहरुले नेपाली दूतावास रियाद-फोनः 011-4611108/4645170इमेल :  eonriyadh@mofa.gov.np ह्वाट एप्स नंम्वर- 0559389600 मा सम्पर्क गर्नुहोला ।

 

  1. Riyadh region: Including: Alkharj, Afif, Duwadmi, Gwayiyyah, Majma, Muzamiyyah, shaqra, Wadi-dawasir, Zulfy
  2. Eastern region: Including: Al-Ahsa, Abqaiq, Jubail, RasTanura, Qatif, Khobar, Dhahran, Dammam, Hafar Al-Batin, Khafji, Nariyah, QariatUlya (साउदी अरवको पूर्वीक्षेत्रमा कार्यरतहरुले सर्वप्रथम पूर्वी क्षेत्रमा रहनुहुने दूतावासका स्थानीय कर्मचारी हरि घिमिरे 0500081536 संग सम्पर्क गर्नुहुन)।
  3. Qassim region: Buraidha, Onaiza, Arraas
  4. Hail region: Including: Ha’il, Baqa’a, Al-Ghazalah, Ash-Shnan, Sumaira’a, Mawqaq, Ash-Shamli, Al-Sulaimi, Al-Hayet
  5. Northern border region: Including: Ar’ar, Rafha, Turayf
  6. Al-Jouf region: Including: Sakakah, Qurayyat, Dumat Al-Jandal

 

यस्तै, देहायका क्षेत्रमा काम गर्नुहुनेहरुले नेपाली महावाणिज्यदूतावास जेद्धा-फोन 0१२-६२२६६६५,

६२२६६८३इमेलः cgnjeddah@mofa.gov.npह्वाटएप नं.

  1. Makkah Al-Mukarramah region: Including: Jeddah, Makkah, Taif
  2. Medinah Al munawarah region: Including: Medina, Al Hunakiyah, Mahd Al Thahab, Al-`Ula, Badr, Khaybar, Yanbu Al Bahar-
  3. Tabuk region: Including: Al-Wajh, Duba, Tayma, Umluj, Haql
  4. Asir/Abha region: Including: Abha, Al-Namas, Bareq, Bisha, KhamisMushait, Tanomah, Dhahran Aljanoub, Tathlith,SaratUbaida, Rijal Alma’
  5. Al Baha region: Including: Baljurashi, Almandaq, Qilwah, Mikhwah

Jizan region:Including: Jizan, Sabya, Samtah, Abu Arish

  1. Najran region:Including: Najran, Sharurah

 

साउदी अरवमा आइसकेपछि मुलुकको कानून पालना गर्नु सबैको कर्तव्य हुन आउदछ ।कुनै पनिढंगले कानूनको उल्लंघन हुनेगरी कामकार्यवाही गरेमा जोसुकै पनि सजाय भोग्नुपर्ने हुन्छ । यसर्थ कुनैपनि किसिमको गैरकानूनी क्रियाकलापवाट सदैव टाढा रहनुहोस् । यो नै सबभन्दा उत्तम र सुरक्षित उपाय हो । यद्धपि परिस्थितिजन्य कारणले विभिन्न मुद्धाहरूमा फस्न सकिन्छ । तसर्थ, निम्न विषयहरु राम्रोसंग पढी ध्यान दिनुहोस् पालना गर्नुहोस् ।

 

  • अल्कोहल सेवन, उत्पादन, ओसारपसार, विक्रिवितरण, झगडा, मारपिट, चोरी,महिलाहरुलाई जिस्काउने तथा यौनजन्य व्यवहार, लागुपदार्थ सेवन, ओसारपसार, विक्रिवितरण,साउदी अरवमा प्रतिवन्धित औषधीको ओसारपसार र सेवन, घूस लिनेदिने कामजुनसुकै र नवुझिकन सहीछाप गरिदिएर,गैरकानूनी कारोवारमारकम लेनदेनगरेर,विदेशी नागरिक तथा अपरिचित नेपाली वा परिचितकै लागि जमानत बसेर, अकमाको फोटोकपि अनाधिकृत व्यक्तिलाई दिएर, अनाधिकृत म्यासेजहरु पठाएर, आफ्नो खातावाट अधिक रकम विभिन्न व्यक्तिलाई पठाएर,लाइसेन्स वेगर सवारी चलाइ दुर्घटना वा क्षतिभएर, विना अकामाका कुनै मानिसलाई सवारीमा चढाइ ओसारपसार गरेर, अपरिचितको घरको अगाडि लामोसमय विनाकारण उभिएर, आफ्नो बैंक खाता नम्वर र एटीएम पिन नम्वर अरुलाई दिएर, अरुको रकम आफ्नो अकामाबाट पठाएर, एटीम मेशिन अगाडि लामो समय उभिएर, अनधिकृत क्षेत्रमा प्रवेश गरेर वा अन्य प्रकृतिका गैरकानूनी काम गरेका कारण थुप्रै नेपाली नागरिक समस्यामा परेको पाइएको छ ।
  • यस्ता किसिमको मुद्धा भएमा वा अन्य कुनै किसिमको पुलिस केस भएको भए वा कुनै ट्राफिक दुर्घटना भएर केस भएको भए वा अन्य कुनै पनि किसिमका गैरकानूनी कामको सम्बन्धमा सम्बन्धित पुलिस र अदालतमा मुद्धा लागेको अवस्थामा आफ्नो प्रमाण लिने र मुद्धाको किनारा लगाउन पहल गर्न आवश्यक छ ।
  • यस्तो मुद्धा मामिलासाउदीको सम्बन्धित निकायको सिष्टमवाट नहटाएसम्म देश वाहिर जान वन्देज हुने हुनाले अन्तमा स्वदेश फर्कने वेलामा मात्र मुद्धाको विषय उठाएर टुङ्गो लगाउन समय र श्रोत वढी खर्च हुने, कामदारको वहिर्गमनवा रिइन्ट्री भिषा ढिलाई हुने, नलाग्ने, अकामा नविकरण नहुने भएकोले यस्ता विषयमा समयमै चनाखो हुन र सम्बन्धित कम्पनीको मुन्दुप (government relation officer) को सहयोगमा समयमै निरूपण गर्न गराउनहुन अनुरोध छ ।
  • मुद्धाका पक्षहरूको मिलापत्रवाट समस्या समाधान गर्नुपर्नेअवस्था भएमा मुद्धाको कुनैपक्ष स्वदेश फर्केमा समस्या हुनसक्दछ । यसर्थ यस्तो अवस्थमा दुवैपक्ष साउदीमा हुँदा नै सम्बन्धित निकायमा गइ मिलापत्र समयमा नै गर्नुहोला ।
  • कामदारले उल्लेखित अवस्थाहरूमा गलत सल्लाहका आधारमा वा त्रासले आफैं कम्पनी छोड्दा हरूब लाग्ने र केस यथावत रहँदा अझ वढी समस्या पर्न सक्छ ।
  • यसर्थ कानूनी उपचारका लागि सम्बन्धित स्पोन्सर वा मुन्दुप वा वकिल वा दूतावासको सहयोगमा समयमै मुद्धाको निरूपण गर्नु गराउनु होला । राजदूतावासले वर्षेनी सयौंको संख्यामा यस प्रकारका समस्या समाधानमा समय, स्रोत र साधन खर्च गर्ने गरेको छ । तपाइहरुको सानो सावधानी र सजगताले समस्या समाधानमा लाग्ने समय र साधन स्रोत वचावट तथा परिवार र आफूमाथि पर्ने मानसिक तथा आर्थिक क्षति न्यूनिकरण गर्न सकिने हुंदा यहांहरुको सहयोग अपेक्षित छ ।

 

नेपाली राजदूतावास
रियाद
२०७६/४/७