केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना(إعلان عن تعليق خدمات تصديق طلبات العقود بالسفارة مؤقتاً)

केही दिनको लागि मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित हुने सूचना

यस दूतावासबाट हुने मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य आगामी १८ जुलाई देखि २९ जुलाई २०२१ सम्म स्थगित रहने  व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

आगामी १५ जुलाई देखि २४ जुलाई २०२१ सम्म पर्ने इद अल-अदहा (बकर ईद) पर्वको समय पारेर दूतावासको अनलाइन प्रणालीमा पेस भएका तर फर्छ्यौट गर्न बाँकी मागपत्रहरूको प्रकृया पुरा गर्न तथा वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (FEIMS) मा अपलोड गर्न बाँकी रहेका प्रमाणिकृत मागपत्रहरू अपलोड गर्न र दूतावासको अनलाइन प्रणालीको आवधिक मर्मतसंभार (Periodic Maintenance) को लागि १८ जुलाई देखि २९ जुलाई २०२१ सम्म दूतावासबाट हुने मागपत्र प्रमाणिकरण आवेदन संकलनसम्बन्धी कार्य स्थगित रहनेछ ।

यद्यपि, सार्वजनिक विदाका दिन बाहेक राजदूतावासका अन्य सेवा र स्वीकृत भैसकेका मागपत्र प्रमाणिकरण गर्ने कार्य भने यथावत् नै रहनेछन् ।

إعلان عن تعليق خدمات تصديق طلبات العقود بالسفارة مؤقتاً

تبلغ السفارة جميع المعنيين ومرتاديها بأنه سوف يتم تعليق تصديق طلبات العقود بالسفارة من 18 يوليو 2021م إلى 29 يوليو 2021م، وذلك لما يقتضيه الأمر.

 

नेपाली राजदूतावास, रियाद ।
२५ असार २०७८