आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण

आ.व. २०७८-७९ मा राजदूतावासबाट सम्पन्न मुख्यमुख्य कामहरुको तथ्यांकगत विवरण

  • १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको । सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको ।
  • रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
  • यस अवधिमा साउदी मन्त्रालयहरू, श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएका ।
  • दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको । १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको । ८ जनाको शव पठाउन बांकी रहेको । मृत्युको कारणमा- प्राकृतिक कारण (हृदयघात समेत)-११२ जना, आत्महत्या- ३४ जना, सडक दुर्घटना-३१ जना, कार्य दुर्घटना- १४ जना, कोरोना संक्रमण-१४ जना र हत्या-०१ जना रहेको ।
  • मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बांकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम जम्मा साउदी रियाल- ५० लाख ९० हजार ९१८
  • ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको । ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाईमा भाग लिएको । २८ वटा केसमा फैसला भएको । १८ वटा केसको ब्लडमनी  प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको । २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।
  • कार्य दुर्घटनामा परी मृत्यु/घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक/घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या जम्मा – ३१०
  • गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेव्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।
  • साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्याः- २,३५७
  • साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्याः- ३६
  • वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय (रियाद, दम्माम,कसिम अल हासा, हायल, सकाका र अन्य स्थान) गएको संख्याः- ११८
  • घरफिर्तिकेन्द्र (deportation centre) (रियाद, दम्माम,कसिम अल हासा, हायल, सकाका र अन्य स्थान) भ्रमण संख्याः- २०५
  • राजदूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्याः- १९३९
  • समस्या समाधान- कम तलव दिएका: ३८९, समयमा तलव नदिएका ५३४, राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ४२५, विदामा जान दिन अनुरोध ३६७, नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६१, कानूनी,  मानसिक एवं अन्य परामर्श- ८,३४५
  • कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न अनुरोध गरिएको संख्या-३१५
  • १२,२१९ माग पत्रहरुको प्रोसेसिङ गरी १०,८२५ मागपत्र प्रमाणिकरण गरिएको ।
  • विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३ भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
  • नेपाली राजदूतावासले गैर-आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ५१३ कामदारलाई राखेर खान/बस्नको व्यवस्था गरेको ।
  • विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका २५ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
  • राहदानी जारी गरिएको संख्या १२,०४३ । सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या- १२५७ । निशुल्क यात्रा अनुमतिपत्र जारी- १४२३ (जेल र घरफिर्ति केन्द्रका लागि)
  • निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या- १०६१
  • विभिन्न स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन संख्याः २४
  • राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९३ वटा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको । जसबाट करीब ६०,००० हजार नेपाली कामदार लाभान्वित भएको ।
  • कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५,००० हजार भन्दाबढी ह्वाट्स-एप सन्देश र ९५ हजार भन्दाबढी टेलिफोन प्राप्त गरेको ।
  • राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोष्ट गरिएको ।
  • राजदूतावासको आधिकारीक फेसबुक पेजबाट फेसबुक लाईभमार्फत राजदूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन शुरू गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या/गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको ।

 

नेपाली राजदूतावास ,रियाद

१४ श्रावण २०७९